संखुवासभा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका–८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता, कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)