दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेर्ने प्रस्ताव

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्नका लागि प्रस्ताव सार्वजनिक गरेको छ । राजनीतिक दल, संघ–संस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरुको सुझावको आधारमा नगरपालिकाको नाम परिवर्तन गर्ने तयारी गरिएको भन्दै नगरपालिकाले प्रस्ताव गरेको हो ।

नगरकार्यपालिकाको बैठकले गरेको निर्णय सार्वजनिक गर्न नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा नगरपालिकाको नाम परिवर्तन सम्बन्धी प्रस्ताव सार्वजनिक गरेको हो । आगामी वैशाख–१ र २ गते गर्न लागिएको रेडपाण्डा तथा थार महोत्सव, जेठ–१५ गते पर्ने गणतन्त्र दिवस, शैक्षिक सुधार कार्यदलको प्रतिवेदन, नगरपालिकाको सेवा प्रवाहमा गुणस्तर सुधार लगायतका विषयमा निर्णय गर्न सोमबार बसेको नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तन सम्बन्धी प्रस्ताव समेत प्रस्तुत गरेका हुन् ।

१५ वडा समेटेर बनाईएको जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह यस नगरपालिकाको नाम यसअघि दुई पटक परिवर्तन गरि सकिएको छ । शुरुमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यस नगरपालिका देशमा संघीयता लागू भएसँगै स्थानीय तहको नामाकरण गर्ने क्रममा रुपाकोट मझुवागढी नगरपालिका नामंकन गरिएको थियो । अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवम् बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नगरकार्यपालिकाको बैठकमार्फत नाम परिवर्तनको प्रस्ताव सार्वजनिक गरिएको नगरप्रमुख भट्टराईले बताए ।

“देश तथा विदेशबाट हाम्रो नगरपालिकाको नाम लामो भयो भन्ने गुनासो आएको छ । यस विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो”, उनले भने, “नगरकार्यपालिका बैठकमा राजनीतिक दल, संघ–संस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरुको सुझावको आधारमा नगरपालिकाको नाम परिवर्तन गर्नेगरी समझदारी भएको छ ।

यसलाई चाँडै सर्वपक्षीय बैठक राखेर टुङ्ग्याउँछौँ ।” वि.सं. २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनपछि तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल नेतृत्वको जनप्रतिनिधिले रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थपेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा