काठमाडौं । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वरमा नयाँ गीत ‘माया के हो…?’ को भिडियो मंगलबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । कार्यक्रममा यो गीतका संगीतकार अर्जुन पोखरेल, भिडियो निर्देशक निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेनलगायतले गीत र भिडियोमा काम गर्दाको अनुभव सुनाए ।
कार्यक्रममा अभिनेता आकाशयसले आफूले केही समयको अन्तरालपछि यसमा अभिनय गरेको बताए । आफू अहिले व्यवसायमा व्यस्त भएकाले म्युजिक भिडियोमा समय दिन नभ्याएको पनि उनले जनाए । यो गीतको भिडियोका अभिनेता आकाश श्रेष्ठ अभिनेत्री उगेन छोदेनको जोडी सुहाएको छ । भिडियोमा काम गर्दा चलचित्रको भन्दा छुटै अनुभव भएको अभिनेत्री उगेनले बताइन् ।
प्रेम राजा अधिकारीको शब्द रहेको गीतमा अर्जुनको संगीत छ । गीतको भिडिओलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ । निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको कार्यक्रममा बताए ।
‘यो गीत सुन्दा नै गुनगुनाई रहने किसिमको बनेको छ । गीतमा व्यक्त भएको प्रेम भावलाई भिडियोमा देखाउने कोसिस गरेको छु’, निर्देशक खड्काले कार्यक्रममा भने ।
ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको यो गीतको भिडियोमा हरि हुमागाईंकको छायांकन, सुवास तिमल्सेनाको सृृंगार, विकास धमलाको सम्पादन रहेको छ । भिडियोलाई दोर्जीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।