प्रेस चौतारीका केन्द्रीय अध्यक्ष पाण्डे गृह जिल्लामा सम्मानित

लमजुङ । प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई उनको गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस चौतारी लमजुङ शाखाले जिल्ला सदरमुकामका बेसीशहर स्थित मदनआश्रीत भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको हो ।

लमजुङ जन्म घर भई जिल्लाबाटै पत्रकारितामा प्रवेश गर्नुभएका पाण्डे चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न प्रेस चौतारीको १० औं महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सो अवसरमा प्रेस चौतारी नेपालको केन्द्रीय अनुसासन आयोगको सदस्यमा अनुज अधिकारी तथा केन्द्रीय निर्वाचनमा आयोगका सदस्यमा जनक श्रेष्ठ चयन भएकोमा उनीहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

सम्मान ग्रहणपछि प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रमा आफू निर्वाचित हुनु अगाडिनै अघि सारेका योजनालाई पूरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष पाण्डेले पत्रकारको पेशागत तथा व्यक्तिगत सुरक्षा एवम् हकहित र व्यवासायिकतामा जोड दिने बताए ।

प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्ष देवेन्द्र गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ, प्रेस चौतारी लमजुङका संस्थापक जिल्ला अध्यक्ष शुभाष पौडेल, पत्रकार महासंघका जिल्ला सचिव कृष्णबहादुर आलेलगायतले पत्रकारिता क्षेत्रलाई अब्बल बनाउँदै माथि उठाउने कार्यमा नव निर्वाचित अध्यक्ष पाण्डेको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरेको उल्लेख गरेको बताए ।

उक्त सम्मान कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष सुरज गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन जिल्ला सचिव खुशीमाया गुरुङले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला