नागरिक मैत्री सिडिओलाई स्याङ्जावासीले गरे ‘फेरी भोटौला’

स्याङ्जा । कर्मचारीको सरुवा नियमित प्रक्रिया हो । कर्मचारी सरुवा हुँदा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गर्ने सामान्य प्रचलन छ । तर स्याङ्जामा प्रमुख जिल्ला अधिकारीको भुमिकामा आएकी सुनिता नेपालको बिदाईमा भने जिल्लाका एकदर्जन संघसंस्था, सरकारी कार्यालय, राजनीतिकदल लगायतको सहभागितामा भब्य बिदाई गरिएको थियो । प्रजिअ नेपालले झण्डै १७ महिना जिल्लाको शान्तिसुरक्षा, विकास निर्माण लगायतका सेवामा उनले खेलेको समन्वयकारी भुमिकाकै कारण उनको बिदाई अहिलेसम्मकै अविस्मरणीय रहन पुगेको छ ।

जिल्ला समन्वय समिति स्याङ्जाको समन्वयमा कर्मचारी मिलन केन्द्र सहित जिल्लाका ११ ओटै पालिका, सामाजिक संघसंस्था, नागरिक समाज, पत्रकार महासंघ, राजनीतिकदल लगायतको सहभागितामा उनलाई बिदाई गरिएको थियो । प्राय एकबर्ष सम्म जिल्लाको प्रशासनिक कार्यसम्पादन गर्ने प्रावधान भन्दा बढी समय नेपालले प्रजिअको कार्यभार सम्हालेकी थिइन् । जिल्लामा आएका प्रमुख जिल्ला अधिकारीहरु मध्ये सबैभन्दा धेरै कार्यसम्पादन गर्ने सूचीमा नेपाल पर्छिन ।

उनको बिदाईमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, जिल्ला न्यायधीश सरिता रायमाझी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्थातं कोष तथा लेखा नियन्त्रक ठमनारायण शर्मा, सचिव अर्थात शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका शाखा अधिकृत सुरेश सुवेदी लगायतले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपालले जिल्लाका लागि पुरयाउनु भएको सेवाका ’boutमा चर्चा गर्दै शुभकामना ब्यक्त गरेका थिए । नेपालले जिल्लामा रहदा प्रशासनिक निकायबाट खेलेको भुमिका निकै अतुलनिय रहेको उनीहरुले बताएका थिए ।

‘फेरी भेटौला’ मार्फत बिदाईमा रहेकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाबासी सबैको साथ र सहयोगले स्याङ्जा बसाई सुखद रहेको बताइन् । आउदा दिनहरुमा पनि स्याङ्जाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता नेपालको थियो । प्रजिअ भएर आउने र जाने भन्ने नियमित प्रक्रिया हो उनले भनिन्,‘राष्ट्रसेवक कर्मचारीले जनताप्रति उत्तरदायीत्व रहेर काम गर्नुपर्छ ।’ कर्मचारी र जनप्रतिनिधिलाई कानूनले दिइएका जिम्मेवारी अनुसार काम गरेमा कोही कसैलाई पनि अफ्ठयारो पर्र्दैन उनले भनिन् । सेवाभावले काम गरे पुण्य कमाउन सकिने हुदा सबै कर्मचारीलाई सेवाभावले काम गर्न नेपालको सुझाव थियो । आफु रहदा बस्दा गरेका केही उल्लेखनीय कामका ’boutमा प्रजिअ नेपालले जानकारी गराएकी थिइन् । प्रजिअ नेपालले सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललाई कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै कदरपत्रले सम्मान गरेकी थिइन् ।

बिशेष गरी प्रजिअ नेपालले नागरिकताबाट बन्चित नागरिक र बालवालिकाको क्षेत्रमा बिशेष कार्ययोजना बनाएर काम गरेकी थिइन् । प्रक्रिया नपुगेर नागरिता पाउनबाट बन्चित नागरिकलाई आफै प्रक्रिया पुराएर नागरिकता दिलाईदिने काम गरेपछि उनको प्रशंसा भएको थियो । त्यस्तै गएको बर्षादको समयमा प्राकृतिक विपद्मा उनले महत्वपुर्ण भुमिका खेलेकी थिइन् । नागरिकको कामलाई नजिकबाट समन्वयकारी भुमिका खेलेर समस्या समाधानमा उनको भुमिका राम्रो देखिएपछि स्याङ्जावासीको प्रिय प्रजिअको रुपमा परिचित बन्न सफल भएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता