Sunday, April 18, 2021
Home बिचार लकडाउनसँगै राहत प्याकेज अत्यावश्यक

लकडाउनसँगै राहत प्याकेज अत्यावश्यक

,

कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न भन्दै सरकारले पुनः लकडाउनको अवधि ५ जेठसम्म लम्बाउने निर्णय गरेको छ । तत्कालीन अवस्थामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएकाले लकडाउनको अवधि थपिएको सरकारको दाबी छ । संक्रमण रोक्ने सबैभन्दा सजिलो उपायका रूपमा लकडाउनलाई लिइएको छ । सरकारले जारी गर्दै आएको लकडाउनलाई आमनागरिकले पूर्ण रूपमा समर्थन जनाउँदै पनि आएका छन् । त्यसैले पनि कोरोना भाइरसको संक्रमण समुदायसम्म पुग्न सकेको छैन । तर, पछिल्ला केही दिनयता तराईका जिल्लामा संक्रमणको दर खतरनाक किसिमले अगाडि बढिरहेको छ ।

सरकारले लकडाउनसँगै धेरैभन्दा धेरैलाई ¥यापिड टेस्ट तथा पीसीआरको दायरामा ल्याउनुपर्छ । यतिखेर परीक्षणको दर जुन रूपमा हुनुपर्ने हो, सोही रूपमा हुन सकेको छैन । परीक्षण दर निकै सुस्त देखिएको छ । लकडाउन मात्रै जारी राख्ने तर परीक्षणको दर बढाउन नसक्ने हो भने यस्तो प्रवृत्तिले गम्भीर समस्या ल्याउन सक्छ । लकडाउनका साथसाथै सरकारले यसबाट पारेको असर कम गर्ने उद्देश्यले नागरिकका लागि विशेष राहतका कार्यक्रम छिटोभन्दा छिटो ल्याउनुपर्छ । अहिले सरकार नयाँ बजेटको तयारीमा छ । बजेट बनाउँदा पनि सरकारले नियमितभन्दा पनि हालको संकटलाई हल गर्ने किसिमको बजेट ल्याउनुपर्छ । लामो समयदेखिको लकडाउनका कारण सर्वसाधारण जनताको जीवनयापन नै संकटमा पर्न थालेको छ । समाजका सबै तह र तप्का यसको प्रत्यक्ष मारमा पर्न थालेका छन् । यसको असर लामो समयसम्म पर्ने देखिएको छ । त्यसैले, यो असरलाई दीर्घकालीन रूपमा नै समाधान गर्ने खालका कार्यक्रम ल्याइनुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारले अनावश्यक खालका फजुल खर्च पनि घटाउनुपर्छ । मितव्ययी बन्नुपर्छ । यस्तो अवस्थामा सभ्रान्तवर्गले गरिब विपन्नलाई विशेष सहयोग गरी मानवीयता देखाउन सक्नुपर्छ ।

सरकारले विभिन्न स्थानमा राहत वितरण गरेको भनिए पनि वितरणलाई पारदर्शी बनाउन नसकेका धेरै गुनासा आइरहेका छन् । कतिपय स्थानीय तहले राहतका नाममा सडेगलेका खाद्यान्नसमेत वितरण गरिरहेका छन् । कुहिएका खाद्यान्नका कारण नागरिकको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने र त्यसले कोरोनासँग लड्न आवश्यक पर्ने प्रतिरोधात्मक शक्तिसमेत कम हुन सक्ने भएकाले स्थानीय सरकारले त्यस प्रकारको गैरजिम्मेवारी कार्य तत्काल बन्द गर्नुपर्छ । कोरोनाका कारण मानिसमा व्यापक त्राससमेत बढिरहेको छ । राज्यले नागरिकमा त्रास कम गर्न विभिन्न खाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस्तो अवस्थामा तीनवटै सरकारको प्रभावकारी समन्वयसमेत हुन सकिरहेको छैन । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले जनतालाई राहत दिने खालका विशेष प्याकेजका कार्यक्रम तत्काल ल्याउनुपर्छ । यसका साथै स्वरोजगारका कार्यक्रम पनि छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्छ । लकडाउन गरेर मात्रै सरकारको जिम्मेवारी पूरा हँुदैन । समग्रतामा जनतामा राज्य र सरकार भएको वास्तविक अनुभूति दिन सरकारी पक्ष सफल हुनुपर्छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

धरापमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी...

राजेश राई, विश्वमणि सुवेदी र नरेन्द्र साउदलाई कार्वाही

काठमाडाैं ।  प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न...

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

ट्रेन्डिङ

स्वास्थ्यजन्य सामग्री खरिदमा सरकारको बदमासी

काठमाडौं । सरकारले खरीद गरेको स्वास्थ्यजन्य सामाग्रि अत्यधिक महगों भएको भन्दै तिव्र विरोध हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले चासो...

एनओसीका महासचिव श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव नीलेन्द्रराज श्रेष्ठसहित थप ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत ३२ साउनमा गरिएको परीक्षणमा...

नवलपरासीमा ट्याक्टर दुर्घटना, चारको मृत्यु, आठ घाइते

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मंगलबार...

अहोरात्र खट्नुपर्छ परिणाम दिन

  केपी शर्मा ओली नेतृत्वमा रहेको दुई तिहाइको शक्तिशाली सरकारले दू्रत गतिमा काम गर्न नसकिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायका कर्मचारी...

सरकार ! निजी सवारी साधनले कोरोना सार्दैन ?

सप्तरी, राजविराज । ‘कि त ज्यान मार की काम गरेर खान देऊ” भन्ने नाराका साथ सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले बुधबार सदरमुकाम राजविराजमा प्रदर्शन...

सार्कमा सराहनीय पहल

श्रीमननारायण चीनको वुहानबाट फैलिएको कोरोनाको महामारीले पुरै विश्वलाई आतंकित बनाएको छ । यो भाइरसविरुद्ध लड्न विश्वका सबै देश सक्दो प्रयास गरिरहेका छन् । महामारी आफंैमा...

सारीमा सुनिताको सौन्दर्य (फोटोफिचर)

काठमाडौं । गायिका सुनिता दुलाल प्राय कार्यक्रममा सारीमै सहभागी हुन्छिन् । स्वदेश एवं विदेशमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदा सारीमा प्रस्तुत हुने गरेकी सुनिताका...

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि...

कांग्रेसले भन्यो, अध्यादेश फिर्ता तत्काल संसद्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ‘हठात रूपमा ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बिनाशर्त फिर्ता गरेर तत्काल संसद् बैठक बोलाउन’ माग गरेको छ । कांग्रेस...

लकडाउनका कारण नवलपुरका होमस्टे सुनसान

नवलपुर । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होम स्टेहरुमा पनि परेको छ । नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु...

कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना संक्रमण

धनगढी । कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको...

अन्ततः खुल्यो लोकसेवा

काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)