खो–खो लिगको उपाधि नेचर नेस्ट टाइगर्सलाई

बर्दिया । बर्दियाको ठाकुरबाबामा सम्पन्न प्रथम नेपाल खो–खो लिग प्रतियोगिताको उपाधि नेचर नेस्ट टाइगर्सले चुमेको छ । फाइनल खेलमा नेचर नेस्टले ४६ अङ्क ल्याएर उपाधी हात पारेको हो ।

हिजो बिहीबार सम्पन्न भएको फाइनल खेलका लागि नेचर नेस्ट टाईगर्स र विकास प्रेमी ब्ल्याक बक भिडेका थिए । फाइनल खेलमा ४२ अङ्क प्राप्त गरेर विकास प्रेमी ब्ल्याक बक उपविजेता बन्यो ।

प्रतियोगितामा प्रथम हुने नेचर नेस्ट टाइगर्सले शिल्डसहित दुई लाख ५० हजार नगद पुरस्कार पाएको छ भने उपविजेता विकास प्रेमी ब्ल्याक बकले एक लाख ५० हजार नगद पुरस्कार पाएको छ ।

नेपालमै पहिलो पटक आयोजना गरिएको खो–खो लिग प्रतियोगितामा ५ वटा टिमबिच प्रतिस्पर्धा भएको थियो । डेली कन्स्ट्रक्सन राईनोज, न्याचर नेस्ट टाईगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किंग्स, कञ्चन गंडाहवा रोएल्सले खेलमा प्रतिस्पर्धा गरेका थिए । गत चैत २४ गतेबाट सुरु भएको खेलमा १४ वटा खेल भएको नेपाल खो–खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए ।

नेपालमै पहिलो पटक संचालन भएको खो–खो लिग ठाकुरबाबा नगरपालिका बर्दियाको मुख्य प्रवद्र्धकत्वमा नेपाल खो–खो संघको आयोजना राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवद्र्धन र लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा संचालन भएको थियो । राष्ट्रियस्तरमै पहिलो पटक सञ्चालन भएको नेपाल खो–खो लिग (ड्रिम खो खो) २०८१ मा ठाकुरबाबा नगरपालिका तथा सम्पूर्ण जिल्लाबासीले निकै उत्साहपूर्वक खेल अवलोकन गरेको संघका वरिष्ठ उपाध्यक्ष शाहीले बताए । गत पुषको अन्तिम सातामा भारतको दिल्लीमा भएको विश्वकप खो–खो प्रतियोगितामा बर्दिया जिल्लाका १२ जना खेलाडी सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा चुनावी चहल पहल बढ्यो