राताम्मै ‘पाटेनागी’

इलाम । चिसो मौसम हटिसकेको र गर्मी मौसमसुरु भइसकेको छैन । वसन्त ऋतुले मन लोभ्याउन थालिसकेको छ । बोटबिरुवाका पुराना पात झरेर नयाँ पालुवा पलाइ सकेका छन । मन नै लोभ्याउने गरी चारैतिर हरियाली अनी ढकमक गुँरास ।

अनि नयाँ वर्षको उमङ्ग अनि घुम्न जाने योजनामा इलाम । पाटेनागीमा पुगेपछि देखिने गुराँसको जंगल । फरकफरक रंगमा फुलेका गुराँसले मनै लोभ्याउँछ । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालिगुराँस अनि त्यहाँबाट देखिने हिमाल र समथर भुभाग सँगै चरा चुरुङ्गीको चिरबिर आवाज ।

जैविक विविधताले भरिपूर्ण छ पाटेनागी । यहाँ अहिले गुँरास फुलेर ढकामक्क बनेको छ । खुलेको मौसम अनि गुँरासको लोभ लाग्दो दृश्य देख्न उचित समय यतिबेलै हो । कोसी पर्यटन वषै सुरु भईसकेको छ । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने योजना नबनाई फर्किनै सक्दैन । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँवाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न सकिन्छ ।

यस ठाउँमा पुग्नको लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावार, फूल र जडिवुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभिर, नागढुङ्गालगायत रमणिय ठाउँ छन् । मेची हाइवे नखुल्दा सम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहाँस छ ।

यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गर्दछ । नयाँप्रजातिको पाहा पाटेनागी नजिकैको गँगटेपानीमा छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थलरहेको स्थानीय सोम सुनुवार बताउँछन ।

यसठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लु, हुचिल, सिमकुखुरा, कालिज, लामपुछ, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् ।

यसका अतिरिक्त थुप्रै प्रजातीका फिरन्ते प्राणी र वनस्पतिहरुका लागि इलाम उपयुक्त वासस्थानका रुपमा रहँदै आएको छ । चिसो हावा, हरीयाली वनजँगल र विभिन्न प्रजाती चराचुरुङ्गी र जँगली जनावरको पनि अवलोकन गर्न पाइन्छ । ये क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुर भन्दा ठूलो क्षेत्र भएको कारण विकास गर्न सके पर्यटकीय गन्तव्यका लागी अव्वल मानिन्छ ।

इलामको साविकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान हाल इलाम नगरपालिका ३ पुवामझुवामा पर्दछ । इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्चि सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ ।

यहाँबाट आँखै अघि देखिने छिन्तापु र त्यहा फुलेका गुँरासको दृश्यले दिन वितेकै थाहा हुँदैन । समुद्री सतहबाट ३ हजार २ सय मिटरमा रहेको छिन्टापु पनि जैविक विविधता तथा प्रकृतिले सिंघारिएको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालिगुराँस अनि छिन्तापुको काखैमा रहेको पोखरीहरुमा कंचनजङ्गा कुम्भकर्ण हिमालको दृश्यले पर्यटकहरुको मनै लोभ्याउँछ । छिन्तापु आसपासमा साँस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्तापु पोखरी लगायतका दर्जनौ पोखरीहरुले अझ मन फुरुङ्ग बनाउँछ ।

छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र बैशाखमा ढकमक्क फुल्ने चाँप गुराँस र सुनाखरीले पर्यटकलाई फेरि अर्को पटक आउँ – आउँ बनाउँछ । छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे छिन्टापु पर्यटकीय पदमार्ग निर्माण गरिएको छ ।

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक टावर झै उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्ला डाँडोमा पुग्दा मन फुरुङ्ग बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकहरु समय वितेको पत्तै पाउँदैनन ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति कार्यालय पुग्यो अर्याललाई सांसद बनाउने सिफारिस पत्र