काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्बन्धी चैत २५ गते दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले अघिल्लो कार्यक्रममा गलत सूचनाका आधारमा बोलेको स्पष्ट गर्दै मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास नआएको स्पष्ट पारे ।
चैत २५ गते सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु-याउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले आदित्यनाथ नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको अभिव्यक्ति दिएका थिए ।
‘भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्री आदित्यनाथलाई भेट्दा सो कुरा उठेको हो, दूतावासमा आएका होइनन, सभापति देउवाले भने ।
तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)