Saturday, July 24, 2021
HomeNot-to-be-missedटिकटकमा रमाउँदै अभिनेत्रीहरु

टिकटकमा रमाउँदै अभिनेत्रीहरु

,

काठमाडौं । निरन्तर लकडाउनका कारण डेढ महिनाभन्दा लामो समयदेखि घरभित्र बस्नुपर्दा आफूलाई दिक्क लागेको अभिनेत्री निरुता सिंहले बताएकी छन् । उनी अहिले मुम्बईमा छिन् । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा बढेपछि त्यहाँ लकडाउन निकै कडा गरिएको छ । त्यसैले, घरमै बस्नुपर्दा आफूले मनोरञ्जनका लागि टिकटकलाई पनि सहारा बनाएको यी अभिनेत्रीले बताएकी छन् ।

लामो समयदेखि चलचित्रमा अभिनय गर्न नपाएको बेला अभिनय गर्न पनि पाइने र रमाइलो पनि हुने माध्यमका रूपमा निरुताले टिकटक रोजेकी छन् । उनले बुधबार मात्र दुई वटा टिकटक भिडियो बनाएर फेसबुकमार्फत अरूलाई सेयर गरेकी छन् । उनले यो टिकटक भिडियोलाई ‘फन्नी टाइम पास’ भनेकी छन् । आफू भर्खरभर्खर टिकटकमा आउन थालेको र यो निकै रमाइलो लाग्ने गरेको पनि यी अभिनेत्रीको कथन छ ।

कोरोना भाइरसको संक्रमणले निम्त्याएको लकडाउनका कारण अहिले सबै कलाकार घरमा बस्न बाध्य छन् । यस्तो बेलामा अभिनेत्रीलाई समय बिताउन सजिलो माध्यम टिकटक बनेको छ । यो फुर्सदमा अभिनेत्रीले आफ्नो विभिन्न कार्यलाई दिनदिनै टिकटकमार्फत दर्शकमाझ ल्याउने अवसर पाएका छन् ।

अभिनेत्री निरुता मात्र हैन, अरू पनि थुप्रै अभिनेत्रीका लागि अहिले लकडाउनमा समय बिताउन टिकटक रमाइलो माध्यम बनेको छ । एक त आफूमा रहेको अभिनयलाई निरन्तर प्रस्तुत गर्न पाइने नै भयो । अर्कोतर्फ टिकटकले आफूसँग अरूलाई पनि रमाइलो दिने भएकाले आफूहरूले पनि टिकटक बनाउने गरेको यी अभिनेत्रीहरूको कथन छ ।

लकडाउनमा नियमित टिकटक बनाउने अभिनेत्रीमा वर्षा राउत पनि पर्छिन् । उनले विभिन्न घरायसी कार्यको टिकटक बनाएर आफ्नो एकाउन्टमा सेयर गरेकी छन् । मःमः पकाएको, अन्डा उसिनेको, बारीमा साग टिपिरहेको जस्ता विभिन्न घरायसी कार्यलाई यी अभिनेत्रीले टिकटकको रूपमा ल्याएकी छन् । त्यसो त विभिन्न गीत र संवादमा आफू प्रस्तुत भएर वर्षाले त्यसलाई टिकटकको रूपमा बनाएकी छन् ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री केकी अधिकारी पनि हुन् । उनी पनि बेलाबेलामा टिकटकमा आफ्ना गीत, भिडियो तथा अभिनय प्रस्तुतिलाई सेयर गरिरहेकी हुन्छिन् । पछिल्लोपटक लकडाउनको २९औं दिनको अवसरमा यी अभिनेत्रीले टिकटकमा बाल्यकालको सम्झना शीर्षकमा एउटा भिडियो सेयर गरेकी छन् । त्यसपछि भने उनले टिकटकमा भिडियो सेयर गर्न भ्याएकी छैनन् । उनका ४० भन्दा बढी भिडियो टिकटकमा सेयर छन् ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री रेखा थापा हुन् । तर, उनको टिकटकको शैली फरक छ । अरूको गीत तथा संवादमा अभियन गरेर टिकटक बनाउनुभन्दा रेखाले आफ्नो गीत र संवादलाई नै रोज्ने गरेकी छन् । अभिनेता रेखाले त्यसैले आफूले फिल्ममा अभिनय गरेको संवाद र गीतलाई टिकटकका रूपमा प्रस्तुत गर्दै आएकी छन् ।

एक समय टिकटकमा निकै छाएकी अभिनेत्री वर्षा सिवाकोटी भने आजकाल टिकटकमा निष्क्रिय देखिएकी छन् । टिकटक बनाउनभन्दा उनले पुस्तक बढेर दिन बिताउने गरेकी छन् । अरू पनि थुप्रै अभिनेत्रीहरूले लकडाउनको समयमा मनोरञ्जनको उपयुक्त माध्यमका रुपमा टिकटकलाई रोजेका छन् ।

Loading comments...

आजको समाचार

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

साताका लोकप्रिय समाचार

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि सिधै बालुवाटार हानिए । नयाँ मन्त्रिमण्डलको...

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब...

महिला टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ...

सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप : प्रधानमन्त्री देउवा

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...

एमालेले बाेलायाे स्थायी कमिटी बैठक

  काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय...

ट्रेन्डिङ

वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध !

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ । बलेफी गाउँपालिका,संघीय...

यी स्थानमा भोली १० बजेदेखी ५ बजेसम्म लोडसेडिङ हुने

काठमाडौं । कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखको हाँगाविगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसलवान टोल,...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?