भविन कार्की
संखुवासभा । मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । लेक लागेर मकालु आधार शिविरमा तनहुँ जिल्लाको भिमदत्त नगरपालिका–२ घरभई हाल काठमाडौं बालुटार बस्ने २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । मकालु गाउँपालिका–२ डाँडाखर्कमा शनिबार बिहान लेक लागेर डा. सिग्देलको मृत्यु भएको हो ।
मकालु आधार शिविर चड्ने क्रममा करिव ४ हजार दुई सय उचाईमा पुगेपछि लेक लागेको प्रहरी निरीषक श्रेष्ठले बताए । मृतक सिग्देल ६ जनाको टोली सहित केही दिन अघि मकालु आधार शिविर तर्फ प्रस्थान गरेका थिए । मृतक सिग्देलको शव शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
सञ्चार र यातायात पहुँच नभएका कारण उनको शव आइतबार मात्रै सदरमुकाम ल्याइने प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै मकालु प्रहरी चौकीबाट खटाइएको छ । घटनाको ’boutमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।