समाजवादी क्रान्तिको आवश्यकता छ: एमाले उपाधयक्ष बादल

राजविराज । नेकपा एमालेका राष्ट्रिय उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुकलाई समृद्धिको बाटोमा हिडाउन अब समाजवादी क्रान्तिको आवश्यकता औल्याएका छन् ।

शनिबार राजविराजमा नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो आवश्यकता औल्याएका हुन् । “विगतमा जसरी हामीले लोकतन्त्र र गणतन्त्रका लागि आन्दोलन ग¥यो, त्यसरी नै अब मुलुकलाई समृद्धिको बाटोमा लैजान समाजवादी क्रान्तिको आवश्यकता छ, उनले भने – म केन्द्रिय समितिको तर्फबाट यो अधिवेशन मार्फत सबैमा समाजवादी क्रान्ति र अभियानमा सहभागि हुन आह्वान गर्दछु ।”

अहिले संघीय शासन सत्ता हातमा लिएपनि हामीले चाहेजस्तो सुधार नभएको बताउँदै उनले देशमा गरिबी, असमानता, विभेद कायमै रहको बताए ।

नेपालमा रोजगारी गर्नेलाई परिवार पाल्न गाह्रो भइरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न समाजवादको स्थापना आवश्यक रहेको दोहो¥याए ।

कुनै पनि दलले स्पष्ट बहुमत नपाएकै कारण चाहे जस्तो संविधान बन्न नसकेको, नियम कानुनहरु पनि बन्न नसकेको बताउँदै उनले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले चाहे जस्तो काम हुन नसकेको उल्लेख गरे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न सत्रमामा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव, गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, केनिद्रय सदस्य दिवाकर देवकोटा लगायतकाले शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य