विपद्को एक वर्ष : ८ हजारबढी घटनामा ७ सय ४५ जनाको मृत्यु

काठमाडौं । गएको १ वर्षमा विपद्जन्य घटनामा ७ सय ४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८ सय ६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७ सय ४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७ सय २ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार १ वर्षमा विपद्बाट १८ हजार ९ सय ९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति ?
सबैभन्दा बढी पहिरोका कारण ३ सय ५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३ र सर्पदंशबाट १९ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ ।

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुंगा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

सबैभन्दा बढी आगलागीका घटना
विपद्जन्य घटनाका संख्या अध्ययन गर्दा सबैभन्दा बढी घटना यस वर्ष आगलागीका भएका छन् । १ वैशाखदेखि २९ चैत २०८१ सम्मको तथ्यांकअनुसार आगलागीका मात्र ४ हजार १ सय ४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका १ हजार १ सय ९५ वटा र पहिरोका १ हजार ५ घटना भएको छ ।

त्यस्तै, बाढीका ४ सय १८, भारी वर्षाका ५ सय ६८, चट्याङका ४ सय १८, जनावर आक्रमणका ४ सय ७७, लेक लागेका १ सय ११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका २, सर्पदंशका ८४, हावाहुरीका ३ सय ४९, डुंगा पल्टेका १, हिउँ पहिरोका ६, भूकम्पका ७४, असिनापानीका १ र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा