वीरगन्जवासीका लागि नयाँ वर्षको पहिलो बिहानीमा ‘शुभ’ संकेत

वीरगन्ज । वीरगन्जवासीका लागि नयाँ वर्षको पहिलो बिहानी ‘शुभ’ संकेत लिएर आएको छ । दुई समुदायबीच भएको झडपले नयाँ वर्षको पूर्वसन्ध्यामा कालो बादल मडारिरहेर ‘वीरगन्ज’ तनावग्रस्त थियो । तर, नयाँ वर्ष २०८२ सालको पहिलो बिहानी भने शुभ संकेत लिएरै आएको हो ।

‘२०८१’ सालको अन्तिम शनिबार मध्याह्न १ बजेपछि वीरगन्जमा हिन्दू र मुस्लिम दुई समुदायबीच झडप भएको थियो । झडपले उग्ररूप लिएपछि स्थानीय प्रशासनले नयाँ वर्षको पहिलो बिहानी आउनु ३० घण्टा पूर्वदेखि नै स्थितिलाई काबुमा लिन कफ्र्यु आदेश जारी ग¥यो । नववर्षलाई लक्षित गरी तीन दिनसम्म वीरगन्जमा लाग्ने भनिएको ‘रात्रि बजार’ स्थगित नै भयो ।

यति मात्र नभई बजार बन्द, सर्वसाधारणको आवागमनसमेत बन्द भएको वीरगन्जमा नयाँ वर्षको समय अशुभ थियो । तर, कालो बादलका बीच नयाँ वर्षको पहिलो दिन बिहान १ बजेपछि कफ्र्यु आदेश जारी नभई सर्वसाधारणले आवागमन गर्न पाएपछि मुलुकको आर्थिक नगरी वीरगन्जले ३० घण्टा अगाडिदेखि खेपेको कफ्र्यु र आपसी सद्भाव खल्बलिन्छ कि ? भन्ने कालो बादलको घेरा तोडिएको महसुस गर्न पाएको हो ।

आपसी सद्भावलाई अक्षुण्ण राख्न भन्दै स्थानीय प्रशासनले शनिबार साँझ ६ बजेदेखि जारी कफ्र्यु नयाँ वर्षको पहिलो बिहानीबाट भने बढाएन । झडपको भोलिपल्ट अर्थात् आइतबार बिहान ७ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा संयन्त्रले विभिन्न व्यक्ति, समूह, समुदाय र सर्वदलीय बैठक राख्दै ४–५ चरणका वार्ता, छलफल र संवाद गरी लगातार संवादलाई निरन्तरता दिएर आइतबार साँझसम्म विभिन्न पाँचबुँदे सहमति गर्न सफल भएको छ । यस सफलताले नयाँ वर्षको सुरुवाती क्षण शुभ भएको हो ।

‘शनिबार स्थानीय प्रशासनका पनि केही कमजोरी थिए तर आइतबारको कदम भने सराहनीय रह्यो,’ वीरगन्जको प्रभु हस्पिटलका सञ्चालक तथा डा. प्रमोद गुप्ताले भने । कफ्र्यु आदेश हटेपछि सोमबार बिहान पत्नी डा. लक्ष्मी थापासहित माईस्थान मन्दिरमा पुगेका डा. गुप्ताले धार्मिक सद्भाव खलबल्याउन उद्दत हुनेहरूलाई स्थानीय प्रशासनले सुरुमै कडाइ गर्न सक्नुपर्ने सुझाव दिए । ‘यो वा त्यो धर्म समुदाय भन्ने होइन, गलत गर्ने जो कोहीलाई प्रहरी प्रशासनले सुरुमै निगरानीमा राखी कारबाही गर्नुपर्छ,’ डा. गुप्ताले तर्क गरे ।

कफ्र्यु आदेश हटेपछि डा. गुप्ता दम्पतीजस्तै हजारौं सर्वसाधारण सोमबार नयाँ वर्षको पहिलो बिहानीमा माईस्थानलगायत स्थानीय मठ–मन्दिरमा पूजा आजा र दर्शन गर्न पुगेका भेटिए । आफ्ना परिवारका अन्य सदस्यसँगै मन्दिरमा दर्शन गर्न पुगेका सर्वसाधारण उल्लासका साथ खुला वातावातरणमा मन्दिर परिसरमा भेटिए । उनीहरूले मन्दिरमा पुग्ने सर्वसाधारणलाई प्रसाद पनि वितरण गरेका छन् ।

सरोकारवाला पक्ष र स्थानीय सुरक्षा संयन्त्रले संयुक्त रूपमा पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि वीरगन्जवासीका लागि तत्काललाई शंकाको घेरा टरेको छ । परिस्थितिलाई सामान्य बनाउन अहिले गरिएको सहमति कार्यान्वयन नभए पुनः अवस्था बिग्रिन सक्नेतर्फ पनि सचेत हुनुपर्ने स्थानीय बुद्धिजीवीको सुझाव छ । वर्षौंदेखि आपसी सद्भाव कायम राखी बसेका दुई समुदायबीच पछिल्लो समय केही उच्छृंखल व्यक्तिको घुसपैठ भएको हुनसक्ने पनि उनीहरूको तर्क छ ।

स्थानीय प्रहरी प्रशासनले भने यस कुरालाई निगरानी बढाउनेगरी सहमतिपत्रमा पनि संकेत गरेको दाबी गरेको छ । शनिबार हनुमान जयन्तीका अवसरमा हिन्दू धर्मावलम्बीले निकालेको शोभायात्रा वीरगन्जको छपकैयामा पुग्दा झडप सुरु भई झाँगिदै गएर स्थिति नियन्त्रणबाहिर गएको थियो । यस कुरालाई बेलैमा कडाइ गरी स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

३० घण्टापछि कफ्र्यु खुकुलो, निषेधाज्ञा भने जारी
सोमबार बिहान १ बजेपछि भने कफ्र्यु आदेश खुकुलो बनाई निषेधाज्ञा जारी नै राखेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सर्वसाधारणले सबै गतिविधि गर्न पाउँछन् तर तोकिएको क्षेत्र वीरगन्जको सिर्सिया नदी पूर्व, बाइपास सडक पश्चिम, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटको उत्तरतर्फ गरी यी चारकिल्लाबीचमा कसैले पनि धर्ना, जुलुस, हुल, हुज्जत गरी भेलालगायत कुनै गतिविधि गर्न नपाउनेगरी निषेधाज्ञाचाहिँ रहेको उनले बताए ।

यदि, निषेध गरेको कुरालाई कसैले अवज्ञा गरी गतिविधि गर्न खोज्छ भने स्थानीय प्रहरी प्रशासनले त्यस्ता व्यक्ति र समुदायलाई कानुनबमोजिम कारबाही गर्ने पनि पर्साका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक मिश्रले बताए ।

के छ पाँचबुँदे सहमतिमा ?
आइतबार सर्वपक्षीय भेलाले गरेको पाँचबुँदे सहमतिपत्रको पहिलो बँुदामा गएको ३० चैतमा हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको घटनामा संलग्न दोषीहरूलाई विस्तृत छानबिन एवं अनुसन्धान गरी कानुनी कारबाही गर्ने भनी उल्लेख गरिएको छ । त्यसैगरी, बुँदा नम्बर २ मा अन्तरधार्मिक एवं साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु¥याउने भनी उल्लेख छ ।

अन्य बुँदामा सो घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, धार्मिक सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने र पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा तत्तत् संस्थाबाट सञ्चालित विद्यालय, मदरसा इत्यादिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने भनी उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो