अन्तत: २ महिनापछि सकुशल भेटिइन् रोशनी

राजविराज । भारतको उत्तर प्रदेश अयोध्यास्थित राम मन्दिर परिसरबाट २ महिनाअघि हराएकी राजविराज ७ की रोशनी भेटिएकी छिन् ।

प्रयागराजमा लागेको बिशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित राममन्दिर दर्शन गर्न परिवारसहित पुगेकी २० वर्षिय रोशनी गत फागुन ३ गते भिडमा सम्पर्कबिहीन भएकी थिइन् ।

परिवारजनले उत्तर प्रदेशस्थित खोयापाया केन्द्र (हराएका व्यक्ति’bout सूचना दिने केन्द्र) मा पुगी जानकारी गराएका थिए । यसका अतिरिक्त परिवारजन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समेतलाई भेटी रोशनीको खोजी र उद्दारमा सहयोगका लागि आग्रह गरेका थिए ।

हराएका सदस्यको खोजिमा लामो समयदेखी भौतिरिएका साह परिवारलाई चार दिनअघि उत्तर प्रदेश प्रहरीबाट आएको खबरले निकै खुशी बनायो । हराएको दुई महिना बित्न लाग्दा पनि नभेटिएका परिवारका सदस्य अब भेटिएलान भन्ने विश्वास नै नभएको बेला अचानक उत्तर प्रदेश प्रहरीको प्रयासले छोरी साथमा पाउन सम्भव भएको बुबा बिरेन्द्र साहले बताए । लामो समयपछि रोशनी भेटिएपछि पुरै परिवार अहिले हर्षित छन् ।

साहले छोरी भेटिने माध्यम बनेका उत्तर प्रदेश प्रहरीले मन्दिर आसपासकै क्षेत्रबाट सकुशल उद्दार गरी आफूहरुलाई बोलाएर जिम्मा लगाएको बताएका छन् । रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलिप साहकी आफ्नै भतिजि हुन् ।

प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तीर्थ यात्राका लागि भारतको अयोध्या पुगेकी रोशनी सम्पर्कबिहीन भएको बेला परिवारजनले जानकारी गराएर पहलका लागि आग्रह गरे पनि अहिले भेटिएको सुनिएपनि परिवारजनले आधिकारीक रुपमा कुनै जानकारी नगराएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,621 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी