पूर्वप्रदेश प्रमुख अहिराजमाथि बलात्कारको आरोप, पक्राउ पुर्जी जारी

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मधेशमूलकी एक नाबालिगले डा. अहिराजले आफूलाई १७ वर्षको उमेरदेखि मानसिक र शारीरिक यातना दिएको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी हुन् ।

पीडितले राष्ट्रिय महिला आयोगमार्फत उजुरी दिएकी थिइन् भनेपछि महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन् । माघ १० गते दिइएको जाहेरी फागुन ३ गते अभिलेखमा दर्ता भएको हो ।

चार दिनअघि पक्राउ आदेश जारी भए पनि अहिराज हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन् । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)