शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

बारा । बाराको बडहर्वामा बुधवार नेपाली कांग्रेस क्षेत्र नम्बर-३ ले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले सम्बोधन गर्दै काठमाडौमा आन्दोलित शिक्षकलाई चाडो भन्दा चाडो कक्षाकोठामा फर्काउने जिम्मेवारी सरकारको रहेको बताए । शिक्षकका जायज मागहरु सरकारमा बसेकाले अनुमोदन गर्नु पर्ने बताए । समय मै देशभका शिक्षकलाई विधालयमा पठाइएने भने सार्वजनिक शिक्षालाई ठुलो क्षति पुर्‍याउन थापाले बताए ।

महामन्त्री गगनको कार्यक्रममा देउवा समूहका कार्यकर्ता अनुपस्थित

विधालय भर्नासंगै, एस ई ई का उतरपुस्तिका चेक गर्ने लगायत कक्षा १२ को परिक्षा प्रभावित हुने भएकोले यथासिघ्र शिक्षकको माग पुरा गर्नु पर्ने उनले जोड दिएका थिए ।

नेपाली नागरिकलाई हिजो एक लाख सम्मको बिमा हुन्थ्यो भने अब पाच लाख सम्मको हुन्छ । पहुच नभएका बिरामीलाई जटिल रोग किडनी, क्यान्सर उपचार गराउन घर घडेरी बेच्न नपरोस नेपाली कांग्रेसला जनतालाई यहा सम्म पुुर्याउनु पर्यो थापाको कथन रहेको छ ।

नेपाली कांग्रेसले सरकार बदल्न नचाहेको थापाले बताए । वर्तमान सरकारको कार्य गर्ने तरिकालाई बदल्न चाहेको उनले बताए । नेपाली कांग्रेसले सरकारको गति बदल्न चाहेको थापाले बताए । सरकार तिव्र गतिमा काम गर्न हेर्न चाहेको महामन्त्रीले बताए । सरकारले यस्तो काम गर्न हेर्न चाहेका छ, ‘ कि सबले भनोस वाह गठबंधन सरकारले क्या गजबको काम गरेको छ ।

सरकार बन्नुपर्छ कि पर्दैन त्यो अबको चर्चा विषय नरहेको थापाले बताए । नेपाली कांग्रेससंगै सरकारमा रहेको अवगत गराउन उनले चाहे । देशको ठुलो शक्ती कांग्रेस र एमाले मिलेर जुन जुन बेला सरकार बनाएको छ , ‘ त्यो सरकारले आफ्नो उद्देश्य पुरा गरेको ईतिहास रहेको थापाले बताए । ०४७ सालमा संविधान निर्माण गर्न किसुनको नेतृत्व होस वा ०५६ मा गिरजा प्रसाद कोईरालाको नेतृत्वमा माओवादीसंगको चुनाव होस ०७० मा शामिल कोईरालाको नेतृत्वमा संविधान निर्माण गर्न कांग्रेस र एमाले मिलेर ठुलो उदेश्य पुरा गरेको जानकारी गराए ।

गर्नुपर्ने पुर्वाधारमा लगानी नगरेर नर्गने पुर्वाधारमा लगानी गरेकोले त्यसको प्रतिफल सरकारले प्राप्त गर्न नसकि उल्टै देशमा सार्वजनिक ऋणको भार बोक्ने अवस्था सृजना भएको उनले बताए । वर्तमान सरकारले चाडै नै देशको गौरवको योजना फास्ट ट्रयाक र निजगढ विमानस्थलको कार्य प्रगति देख्ने हिसावले काम गर्ने योजना रहेको महामन्त्री थापाले बताए ।

पुर्व राजा ज्ञानेन्द्र साहको चहलपहले सरकार डराएकै हो प्रश्नमा , ‘सरकारले गरेको काम र निर्णयले गर्दा जनतामा असन्तुष्टि बढेको उनले बताए ‘ । सरकारले सही निर्णय गर्न नसक्दा यस्तो परिस्थिति आएको उनले स्वीकारेका छन् । जनताले नेता बदल्न चाहेको हैन कि नेताको कार्यशैली बदल्न चाहेको थापाले बताए । नेपाली जनता व्यवस्था बदल्न नचाहेको आफ्नो बुझाईमा रहेको महामन्त्री थापाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री फरमुल्लाह मंसुरले विधान र पद्धति अनुसार पार्टी चल्नुपर्नेमा जोड दिए । उनले प्रतिगामी तत्वहरु सलबलाउन थालेको भन्दै त्यसलाई निस्तेज पार्न सबै सचेत हुनु पर्ने बताए । अर्का सहमहामन्त्री उमाकान्त चौधरीले मधेस कांग्रेसको उर्वर भुमि भएको बताउँदै मधेसमा पार्टीलाई बलियो बनाउन बिशेष ढंगले अगाडि बढनुपर्नेमा जोड दिए ।

क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश उपसभापति चन्द्राशेखर यादव वीरेन्द्र सिँह, सहमहामन्त्री जयनारायण यादव, जिल्ला सचिव भैयाराम यादव, क्षेत्रीय सभापति विजयशंकर यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय सचिव राजेश भण्डारीले गरेका थिए ।

नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय कमिटिले आयोजना गरेको सम्मेलनमा शेरबहादुर देउवा गुटका बाराका नेपाली कांग्रेसका सभापति राजेशराय यादव, तरूण दलका जिल्ला दीपेन्द्र पटेल, लुकेश सिह लगायत कुनै पनि नेता कार्यकर्ताहरु सामेल भएका थिएन

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख