नेकपा बिवादः बैठक बोलाउन गठन भयो ‘दबाब समुह’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बसेको अनौपचारिक बैठकले ‘दबाब समुह’ गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार सदस्यीय दबाब समुह गठन गरेको बैठकमा सहभागि एक सदस्यले बताए । यो समुहले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई औपचारिक बैठक बोलाउँन दबाब दिने बताईएको छ । दबाब समुहमा रहेका नेताले अध्यक्षद्धयलाई भेटेर बैठक बोलाउँने बिषयमा छलफलका साथै दबाब सृजना गर्ने छ ।

प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालले हिजो साझ छलफल गर्दै पुर्व निर्धारित आजको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्देशन दिएका थिए । तर उनीहरुको निर्देशन विपरित १८ स्थायी कमिटी सदस्यहरुले अनौपचारिक बैठक गर्दै तत्काल बैठक बोलाउँनुपर्ने निर्णय गरेको छ ।

दबाब समुहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् । स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न हिजो बसेको बैठक बिना निष्कर्ष सकिए पछि स्थायी कमिटीको बैठक समेत अनिश्चित भएको छ ।

२० स्थायी कमिटी सदस्यहरुले यस अघि नै स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धय ओली र दाहाललाई लिखित रुपमै पत्र पठाएका थिए । त्यसपछि २० बैशाखको सचिवालय बैठकले स्थायी कमिटी बैठक आजको लागि तोकेको थियो । तर बैठक बस्नुभन्दा एक दिन अघि स्थागित गर्ने निर्णय गरेपछि कमिटीका सदस्यहरु आक्रोशित छन् ।

स्थायी कमिटीको अनौपचारिक बैठकमा सहभागि सदस्य गणेश साहले पार्टीको बिधान कार्यान्वयन गर्ने बिषयमा छलफल भएको बताए । अहिले कोरोना भाईरसको संक्रमण, लकडाउन, बजेट लगायतका बिषयमा छलफल गर्नका लागि बैठकको आवश्यक्ता रहेको निष्कर्ष अनौपचारिक छलफलमा भएको उनले बताए ।

‘बैठक बस्नुपर्छ, पार्टीको बिधान कार्यान्वयनमा सबैको एकमत छ, बिधान उल्लंघन जुन भईरहेको छ त्यो हुनुभएन’ साहले भने, ‘बैठक नबस्दा धेरै बिषयमा छलफल नै गर्न सकिएको छैन, हाम्रो जोड तत्काल बैठक बसाउनुपर्छ भन्ने नै हो ।’

नेकपा स्थायी कमिटी ४५ सदस्यी रहेको छ । स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा चयन भएपछि एक पद रिक्त छ । २० स्थायी कमिटी सदस्यले यस लिखित रुपमै बैठकको माग अध्यक्षद्धयसंग गरेका थिए । तर आजको बैठकमा बेदुराम भुषाल र टोपबहादुर रायमाझी अनुपस्थित रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी