उपप्रमुख डंगोल र विभागीय प्रमुखहरुबीच प्रगति समीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले एउटै कार्यक्रमबाट धेरै नागरिकलाई लाभ हुने कार्यक्रमलाई कार्यान्वयनको पहिलो प्राथमिकता दिन हिजो बसेको विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका वारेमा समीक्षा गर्दै सो निर्देशन दिएको हो । वैठक कक्षमा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै डंगोलले, आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भएको बताए ।

उपप्रमुख डंगोलले ‘आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सिमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ । क्रमागत योजना घटाउँदै लैजानुपर्छ ।’साथै अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भन्नुभयो, ‘कार्यक्रम तर्जुमा गर्ने समय भएकोले कर्मचारी सरुवा नगर्नू । एउटाले अघि बढाएको काम बिचमा आएर अर्कोलाई टुङ्गोमा पु¥याउन कठिन हुन्छ ।’


बैठकमा उहाँले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनावद्ध काम गर्नुपर्ने पनि बताए । यसको तयारीका क्रममा संघ र प्रदेश सरकारसँग समन्वय गर्नु पर्ने, वैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगर सभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समय सापेक्ष र व्यवहारिक बनाउन योजना गर्नु पर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ ड्रइङ्, डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नु पर्ने उहाँको भनाइ थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, वैठकमा योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले, विभागहरुले प्राप्त गरेका उपलब्धिका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपालले ‘टार्गेट’ गरेको इटहरीमा मेयर नछाड्ने कांग्रेसको चेतावनी