हरितारा चलचित्र पुरस्कार घोषणा

काठमाडौं । यो वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । यस वर्षको यो पुरस्कार अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले २०८० सालको पुरस्कार अग्रज अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतीलाई दिने निर्णय गरेको हो । टिका पहारी र रेजीना उप्रेतीलाई जनही २५ हजार रुपैयाँसहित यो पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै यस वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विष्णु प्रसाद सुवेदीलाई प्रदान गरिने भएको छ । उनलाई १० हजार रुपैयाँ सहित यो पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै परिवर्तन नेपालले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक–सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई जनही १० हजार रुपैयाँ सहित दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाल लाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ प्रदान गरिने भएको छ । परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१बाट सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुसाल र कमला जोशीलाई प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री