महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बेलौरी नगरपालिका–१० को चिनिमिल सडकखण्ड रोड आर्यघाट नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव र मोटरसाइकल फेला परेको ईलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्रबहादुर चन्दका अनुसार मृतक बेलडाडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको बताए ।
परिवारजनका अनुसार, राना मंगलबार बिहानै घरबाट निस्किएका थिए । उनी करिब ७ किलोमिटर टाढा बेलौरी नगरपालिका १० को शिबनगर रोडमा रहेको निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना’bout थप अनुसन्धान गरिरहेको छ । घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको थियो ।
तालिम प्राप्त कुकुरसमेत घटनास्थल मगाइएको छ । प्रहरी टोली हाल घटनास्थलमा परिचालन गरिएको छ । राना किसान हुन् । उनी दुधको कारोबार गर्दै आएका थिए ।