अभिषेक र ऐश्वर्याले सँगै मनाए विवाह वार्षिक उत्सव

मुम्बई । लामो समयदेखि अलग रहेका बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले आफ्नो विवाहको वार्षिकोत्सवसँगै मनाएका छन् । उनीहरूले विवाहको १८औँ वार्षिक उत्सव मनाएका हुन् । यी दुईले आफ्नी छोरी आराध्यासँग दुबईमा गएर विवाहको वार्षिक उत्सव मनाएको समाचार भारतीय सञ्चार माध्यमले सम्प्रेषण गरेका छन् । यस विशेष अवसरमा दुवैले आफ्नी छोरी आराध्यासँगको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरे ।

इन्डेक्स ट्यापको रिपोर्ट अनुसार उनीहरूले दुबई स्थित आफ्नो आफ्नो विलासी भिल्लामा वैवाहिक वार्षिक उत्सव मनाएका हुन् । दुबईको यो विलासी भिल्ला सन् २०१५ मा अभिषेक बच्चन र ऐश्वर्या रायले किनेका थिए । यो जुमेराह गल्फ इस्टेटको पाश स्यान्चुरी फल्समा अवस्थित छ । ठुलो बगैँचा, निजी स्विमिङ पुल र गल्फ कोर्ससहितको यो भिल्लामा उनीहरू लामो समयपछि सँगै बसेको रिपोर्टमा उल्लेख छ ।

यो विलासी भिल्लाको मूल्य लगभग १६ करोड रुपैयाँ छ । दुबईमा ऐश्वर्या राय र अभिषेक बच्चनको यो भिल्ला नजिकै बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री शिल्पा शेट्टीको बंगला पनि छ । रिपोर्टका अनुसार यो जोडीले आफ्नी छोरी आराध्याको लागि दुबईको यो विलासी भिल्ला किनेका थिए । लामो समयपछि यी जोडी यही भिल्लामा जोडिएका छन् ।

यस्तै ऐश्वर्या राय र अभिषेक बच्चनको मुम्बईदेखि दुबईसम्म प्रसस्त सम्पत्ति छ । यसबाहेक, यो जोडीको लन्डनमा एउटा बंगला पनि छ । आराध्या बच्चनको नाममा अभिषेक बच्चनसँग मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्सको सिग्नेचर आइल्याण्डमा २१ करोड रुपैयाँ मूल्यको आलिशान ५ बीएचके अपार्टमेन्ट छ । उनीसँग मुम्बईको वरली क्षेत्रमा रहेको स्काइलार्क टावर्सको ३७ औँ तलामा आलिशान अपार्टमेन्ट पनि छ ।

ऐश्वर्या राय र अभिषेक बच्चनको पारिवारिक झगडाका कारण उनीहरुको सम्बन्ध विच्छेद हुने चर्चा चलेको थियो । गत वर्ष परिवारमा दरार आएपछि अनन्त अम्बानीको विवाहमा भेटिएका यी जोडीबिच बोलचाल समेत भएको थिएन । त्यहाँ ऐश्वर्या आफ्नी छोरी आराध्यासँग पुगेकी थिइन् । उनी फर्कने क्रममा अभिषेकसँग जम्काभेट हुँदासमेत उनीहरू नवोलेपछि सम्बन्ध विच्छेद हुने चर्चा चलेको थियो ।

यसपटक आफ्नो सम्बन्धलाई जोड्ने काम ऐश्वर्याले गरेको रिपोर्टमा उल्लेख छ । अभिषेक बच्चन र ऐश्वर्या रायको १८ औँ विवाह वार्षिकोत्सवको अवसर पारेर ऐश्वर्याले अभिषेक र आराध्यासँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा शेयर गरिन् । उनले यो तस्बिर शेयर गरेपछि उनीहरूबिच सम्बन्ध सुधार भएको अनुमान बलिउडले ग¥यो । अहिले प्रशंसकहरूले अभिषेक र ऐश्वर्यालाई १८ औँ विवाह वार्षिक उत्सवको शुभकामना दिई रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन