मेयर हर्क साम्पाङसहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी

धरान । सडक र ड्रेन निर्माण विवाद मिलाउन धरान–११ पुगेका नगर प्रमुख हर्क साम्पाङको उपस्थितिमा सन्तोष लिम्बूमाथि आक्रमण गरेको आरोप लागेको छ । नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बूले मेयर साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको उजुरी दिएका हुन् ।

प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँको काम माथिल्लो क्षेत्रमै केन्द्रित भएपछि विवाद चर्किएको थियो । सोमबार भनाभनकै क्रममा मेयर साम्पाङले लिम्बूको हैसियत सोध्दा स्थिति तनाबग्रस्त बनेको र उनका समर्थकले आक्रमण प्रयास गरेको लिम्बूको आरोप छ ।

लिम्बू माओवादीका कार्यकर्ता हुन् र सो बजेट ल्याउन पहल गरेको बताइएको छ । उनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गर्दै दोषीमाथि कारबाही माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?