काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक आधार नरहेको दाबी गरेको छ । समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सरकार प्राविधिक रूपमा मात्र अस्तित्वमा रहे पनि वैधानिकता गुमाइसकेको बताए ।
सापकोटाले सरकार पूर्णतः असफल भएको भन्दै यसको औचित्य समाप्त भइसकेको टिप्पणी गरे । उनले सत्ता गठबन्धनलाई अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीतको भन्दै देश र जनताको हितमा कुनै राम्रो काम नगरेको आरोपसमेत लगाए ।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)