स्वास्थ्यकर्मीको हौंसलामा स्वास्थ्य सेवा विभागमा दिप प्रज्वलन

काठमाडौं । कोभिड १९ रोकथाममा अग्रभागमा खटिएकाहरुको हौसलाका निम्ति स्वास्थ्य सेवा विभागले आज विहिबार बेलुका दिप प्रज्वलन गरेको छ । विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सहितको उपस्थितीमा स्वास्थ्यकर्मि, सुरक्षाकर्मिको हौसलाका निम्ति दिप प्रज्वलन गरीएको हो ।

बुद्ध जयन्तीको अवसरमा कोभिड १९ रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हौसला, संक्रमितको स्वास्थ्य लाभको कामना र मृतकको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरीएको विभागका महानिर्देशक श्रेष्ठले स्वास्थ्यकर्मिको हौंसलाका लागि दिप प्रज्वलन गरीएको र आफूहरु निरन्तरण कोभिड १९ रोकथाममा खटिएको बताए ।

उनले भने, आज बुद्ध जयन्ती पनि हो । र, अहिले स्वास्थ्यकर्मीहरु अग्रपंक्तीमा संक्रमितहरुको उपचारका साथै कोरोना रोकथाममा खटिनुभएको छ । उहाँको हौसलाका लागि विभागले पनि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।’
सो अवसरमा विभाग अन्तर्गत् व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.तारानाथ पोख्रेल, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे, विभागका जनस्वास्थ्य निरीक्षक मदनकुमार वली लगायतको उपस्थिती थियो । आज देशभर दिप प्रज्वलन गरीएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी