लमजुङका तीन पालिकामा बालमैत्री स्थानीय शासन पर्वद्धन अन्तरक्रिया

लमजुङ । लमजुङमा तीन वटा पालिकामा बालमैत्री स्थानीय शासनपर्वद्धनसम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय लमजुङले जिल्ला सदरमुकाममा रहेको बेसीशहर नगरपालिका, दोर्दी र मस्र्याङदी गाउँपालिकामा बालमैत्री स्थानीय शासन पर्वद्धनसम्वन्धि सरोकारवालासंग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।

पालिकाहरूमा बालमैत्री वातावरण तयार गर्ने, संरचना निमार्ण गर्दा बालमैधत्री हुनुपर्ने, समाजमा बाल बिवाह, बाल हिंसा तथा बाल शोषण नस्ता विकृति विसंगतिको अन्त्य गरी स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्लयले पालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतका सरोकालवाला व्यक्तिहरू अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको हो ।

बेसीशहर नगरपालिकामा सो कार्यक्रम एक दिवसीय रुपमा सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख मिता कुमारी थापाले बताइन् । उनका अनुसार राष्ट्रिय बाल अधिकार परिषद्का गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रि वाग्लेले सहजिकरण गरेका थिए । सो अवसरमा वाग्लेबाट बालबालिका सम्वन्धी विद्यमान व्यवस्था, ऐन कानुन र नियमावलीका ’boutमा जानकारी गराउनुका साथै बालमैत्री स्थानीय शासनको अवधारणा, महत्व, र स्थानीय तहले लिनु पर्ने जिम्मेवारी र कर्तव्यका ’boutमा अभिमुखिकरण गराइएको थियो । उनले सहभागीले राखेको जिज्ञासाको समेत सम्बोधनको गरेका थिए ।

कार्यक्रममा नरपालिकाका उपप्रमुख पदमा गुरुङले बालवालिका सम्बन्धी नेपालको कानुन र देशको बर्तमान अवस्था बालवालिकाले भोग्नुपरेका समस्या तथा व्यवहारिक पक्ष विच तालमेल नहुदा समस्या समाधान चुनौतिपूर्ण वनेको उल्लेख गरिन् । व्यवहारिक पक्षसँग मेल खाने गरी समयसापेक्ष नीति नियम परिमार्जन गर्न जरुरी रहेको उनको तर्क थियो । कार्यक्रममा वडाअध्यक्षहरू, बाल अधिकार समितिका पदाधिकारी, बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरू, कर्मचारी, नगरस्तरीय बाल सञ्जालका अध्यक्ष लगायत प्रतिनिधिहरूले भाग लिएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रम सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको थियो ।

यसैगरी, दोर्दी र मस्र्याङदी गाउँपालिकामा पनि अलगअलग रुपमा ती कार्यक्रम गरिएको सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?