राजविराज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मलहनीयाका शम्भु मेहता पक्राउ परेका छन ।
काठमाडौबाट आएको प्रहरी टोलीले सप्तरी प्रहरीको समन्वयमा उनलाई विहीवार गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।
२२ वर्षिय मेहतामाथी हुण्डी कारोबारमा संलग्न रहेको भन्दै काठमाण्डौ र पर्सा प्रहरीमा उजुरी परेपछी अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनलाई विहीवार नै अनुसन्धानका लागी विरगंज लगिएको प्रहरीको भनाई छ । उनले एउटा समुह बनाई विभिन्न स्थानमा हुण्डी कारोबार संचालन गर्दै आएको बताइएको छ ।
राम कारागार चलान
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १० महिना पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका २ का ४९ वर्षिय श्रवण कुमार राम छन ।
अघिल्लो दिन साँझ पक्राउ परेका उनलाई बिहीबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ असाढ २७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई २ महिना कैद सजाय हुने ठहर गरेको थियो ।
अदालतको आदेश भए लगतै उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।