होटल संचालक २ किलो चरेशसहित पक्राउ

धनगढी । प्रहरीले एक जना होटल संचालकलाई दुई किलो ३१५ ग्राम चरेशसहित पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकबाट दुई किलोग्राम चरेशसहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार चरेशसहित पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा माँ डिलासैनि होटल एण्ड लजका संचालक रहेका सोही ठाउँ बस्ने ५० वर्षीय पदमबहादुर कार्की रहेका छन् ।

कार्कीले संचालन गर्दै आएको होटलको कोठा भित्रबाट २ किलो ३१५ ग्राम चरेशसहित उनलाई इलाका प्रहरी कार्यालय झलारी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । सो सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान