ईश्वरपुर मनकामना ईंग्लिस स्कुलमा लोकतन्त्र दिवस

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा रहेको ईश्वरपुर मनकामना ईंग्लिस स्कुलले १९ औं लोकतन्त्र दिवस भव्य रुपमा मनाएको छ । बाल हक तथा अधिकारको सुनिश्चितता मुल नाराका साथ विभिन्न कार्यक्रम गर्दै स्कुलले लोकतन्त्र दिवस मनाएको हो ।

विधालयका संचालक सुदिप कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगर प्रमुख मनोजकुमार आचर्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विधार्थीले विभिन्न प्रतिभा प्रस्तुत गर्दै सवाल जवाफसमेत गरेका थिए । ईरफान शेख लगायतका विधार्थीले सरकारी र निजी विधालयमा शिक्षा शाखाको भुमिका लगायत शिक्षासम्बन्धी विभिन्न सवाल गरेका थिए ।

ईश्वरपुर नगरपालिकाका शिक्षा अधिकृत दिनेश लुइँटेलले क्रमशः विधार्थीको सबै प्रश्नको जवाफ दिएका थिए । विधालयका संचालक कार्कीले संस्थागत विधालयबाट गरिव परिवारको बच्चा बिचैमा सर्टिफिकेट निकाल्नु नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको सुविधा ल्याएको बताए ।

विधार्थीले लैङ्गकि समानाता, अनिवार्य शिक्षाको व्यवस्था संविधानमा उल्लेख छ, शिक्षा, स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भए पनि बालबालिका विधालय बाहिर रहेको लगायतका प्रश्न नगर प्रमुख आचार्यसँग गरेका थिए । यसैगरी संचारकर्मीले पनि नगरपालिकाको कर्मचारी सामुदायिक विधालयमा पढाउन सकिन्छ लगायतको प्रश्न नगर प्रमुखलाई गरेको थियो ।

जवाफमा नगर प्रमुख आचार्यले मेरो कार्यकालको ५ उद्देश्य छ, ईश्वरपुरले पहिलो वर्षमा स्वास्थ्यको वर्ष बनाएको थियो । जस अन्तरगत ईश्वरपुरमा आँखा अस्पताल ल्याए, अन्य विभिन्न स्वास्थ्यको काम अघि बढाइको बताए । दोस्रो वर्ष शिक्षाको वर्ष बनाए । जसअन्तर्ग विधालयमा २६ वटा भवन बनाएको तथा गाउँ गाउँ बाट विधार्थी ओसार्ने नारायण माविमा स्कुल बसको पनि व्यवस्थापन गरिएको उनले बताए । र अहिले तेस्रो वर्षमा कृषिको वर्ष घोषणा गरि कृषि तथा किसान विकासको लागि विभिन्न कार्य अघि बढाइएको बताए । चौथो वर्षमा पुर्वाधारको वर्ष र पाचौं वर्षमा बाकी रहेको कामहरूको वर्ष घोषणा गरिने नगर प्रमुख आचार्यले बताए ।

मधेस प्रदेशका ११ सय ७२ वडामा ईश्वरपुर वडा नं ४ को कुनै बच्चा विधालय बाहिर नरहेको उनले बताए । अब हामीले संस्कार सहितको शिक्षामा अघि बढेको बताए । यसैगरी नगर प्रमुख आचार्यले शिक्षा भन्दा अगाडी संस्कार नामको पुस्तक विमोचन गर्दै १ सय पुस्तक लिने ईश्वरपुर मनकामना ईंग्लिस स्कुलका प्रिन्सिपल उदय बुढाथोकीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको मेयरमा पुनः लाकिशोर शाह