बैंकमा ४६ अर्ब अधिक तरलता

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको छ । गत ११ वैशाखदेखि बैंक तथा वित्तीय संस्थासँग अनिवार्य नगद मौज्दातबाहेक ४५ अर्ब ७८ करोड रुपैयाँ अधिक तरलता रहेको छ ।

आर्थिक वर्ष २०७६-७७ को नौ महिनासम्म केन्द्रीय बैंकले रिपोमार्पmत १ खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब ६ करोड गरी कुल १ खर्ब ८६ अर्ब ८३ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो । यस अवधिमा पटक–पटक गरी ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस्तो प्रशोचन निक्षेप बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत २८ अर्ब रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७६-७७ को नौ महिनासम्ममा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर २ अर्ब ६७ करोड खुद खरिद गरी ३ खर्ब ०५ अर्ब ८६ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ त्यसैगरी, समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी ३ खर्ब ५० अर्ब ९ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ ।

९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०७५ चैतमा ४.४४ प्रतिशत रहेकामा २०७६ चैतमा २.१३ प्रतिशत रहेको छ । यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.२८ प्रतिशतको तुलनामा २०७६ चैतमा २.१३ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.०६ प्रतिशतको तुलनामा २०७६ चैतमा ३.५२ प्रतिशत कायम भएको छ ।

२०७६ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत रहेका कारण कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.०३ प्रतिशत रहेको छ । २०७५ फागुनमा यस्तो अन्तर ५.७१ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७६-७७ को आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.३ प्रतिशतले बढेको छ भने सञ्चित मुद्रा ०.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विस्तृत मुद्राप्रदाय ८.४ प्रतिशतले बढेको र सञ्चित मुद्रा ८.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायको वृद्धि १४.६ प्रतिशत छ ।

आर्थिक वर्ष २०७६-७७ को आठ महिनामा कुल आन्तरिक कर्जा ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा कुल आन्तरिक कर्जा १२.६ प्रतिशतले बढेको छ ।

यसैगरी, मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो दाबी १५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दाबी २०७६ फागुन मसान्तमा १४.६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६-७७ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८.० प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ९.७ प्रतिशत तथा कर्जा १४.६ प्रतिशतले बढेको थियो । वाणिज्य बैंकहरूको निक्षेप ९.२ प्रतिशत र वित्त कम्पनीको ८.५ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको निक्षेप ०.८ प्रतिशतले घटेको छ ।

यसैगरी, निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ११.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ७.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा २.३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७६-७७ को नौ महिनासम्ममा वाणिज्य बैंकहरूले १२ खर्ब ६२ अर्ब २७ करोड रुपैयाँ अन्तरबैंक कारोबार गरेको छ भने ‘क’ वर्गका वाणिज्य बैंकबाहेकका अन्य ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब १६ अर्ब ५३ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर