स्याङ्जामा अवैध सामाग्री बरामद

स्याङ्जा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट पोखरा तर्फ लैजादै गरेको अवैध सामाग्री प्रहरीले बरामद गरेको छ । लु २ ख १९२१ नम्वरको मिनि ट्रकमा बिल नभएको खाद्य सामाग्री पोखरा लैजादै गर्दा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरीप्रसाद पौडेलका अनुसार दुई प्रदेशको सिमा क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका १ स्थित राम्दीमा रहेको प्रहरीले चेकजाँच गर्ने क्रममा बिल नभएको अवैध सामाग्री फेला परेको थियो ।

बिल नभएको अबैध चिनी ५० केजीका २१० बोरा, भुजा ५ केजीका ३९ बोरा र केराउ ३० केजीका १८ बोरा प्रहरीले नियन्त्रणमा लिएर सामाग्री बरामद गरेको छ । ट्रक चालक रुपन्देही जिल्ला सुद्योधन गाउपालिका ३ बस्ने २४ बर्षिय बसन्त परियार, सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ बस्ने ४० बर्षिय सुमन विक र रुपन्देही जिल्ला सियारी गाउँपालिका ६ बस्ने २३ बर्षिय दिप्सन सुनारलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

सिद्धार्थ राजमार्ग अन्र्तगत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमा राम्दीमा बसेको प्रहरीको चेकपोष्टले बिहान नियन्त्रणमा लिएको थियो । बजारमा राजस्व छली गरेर सामाग्रीहरु आउन थालेको थन्ध प्रहरीले थाहा पाएपछि चेकजाँचमा सक्रियता बढाएको डिएसपी पौडेलले बताए । प्रहरीले बरामद गरेको सामाग्रीको बजार होलसेल मुल्य ११ लाख २२ हजार ९ सय ९० रहेको छ । जसमा चिनी १० लाख ५० हजार, भुजा १८ हजार ९ सय ९० र केराउ ५४ हजार होलसेल मुल्य रहेको छ । यती ठुलो रकम बराबरको सामाग्रीको बिल नै नबनाई अवैध तवरबाट पोखरा लैजादै गरेको अवस्थामा नियन्त्रणमा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी