अमरगढी–६ का वडाध्यक्षमाथि निर्घात कुटपिट

स्थानीय युवाको कुटाईबाट घाइते भएका अमरगढी–६ का वडा अध्यक्ष ताम्राकार । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–६ का वडा अध्यक्ष केबी ताम्राकारमाथि निर्घात कुटपिट भएको छ । वडाध्यक्ष ताम्राकारमाथि बिहीबार साँझ करिब ८ बजेको समयमा वडा कार्यालय रहेको भजनपुरमा कुटपिट गरिएको हो । वडा नम्बर ७ को पोखरा बजारबाट घर फर्किने क्रममा भजनपुरस्थित वडा कार्यालय नजिकै कुटपिट गरिएको वडाध्यक्ष ताम्राकारले बताए ।

उनका अनुसार भजनपुर मै घर भएका व्यापार गर्दै आइरहेका सुरेश खड्काका छोरा सन्देश खड्काले कुटपिट गरेका हुन । मोटरसाईकलमा सावर वडा अध्यक्षलाई तथानाम गाली गर्दै आफुमाथी हातपात भएको उनले बताए ।

कुटपिटबाट घाईते ताम्राकारको पिठ्यु, पेटको दायँ, बायाँ र पाखुरमा निलडाम देखिन्छ । उनको डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जनकारी दिए ।

घटनाप्रति अमरगढी नगरपालिकाले विज्ञप्ति जारी गर्दै घोर भत्र्सना र दुःख व्यक्त गरेको छ । नागरिकको सेवामा अहोरात्र खटिएको जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा कुटपिट गर्नु कानूनी राज्यको उपहास हो, विज्ञप्तिमा भनिएको छ । दोषीलाई चाँडै पक्राउ गरी कारबाही अगाडि बढाउन नगरपालिका परिवारले माग गरेको छ ।

डिएपीका श्रेष्ठका अनसार प्रहरीमा दुवै पक्षले उजुरी दिनुभएको छ । घटना’bout प्रहरीलाई ढिलो जानकारी गराइएको हुँदा प्रारम्भिक अनुसन्धानको काम भइरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाउन केही कठिनाइ भएको उनले बताए ।

पीडक भनिएका पक्षले भने वडाध्यक्ष आफैँ मादक पदार्थ सेवन गरी गालीगलौज गरेपछि कुटपिट गरिएको दाबी गरेका छन । खड्काले आफूलाई गाली गरेकाले वडा अध्यक्षलाई कुटेको भन्दै स्वयं प्रहरी चौकीमा खबर गरेकोसमेत बताइएको छ ।

आरोपी भनिएका सन्देश खड्का हाल फरार रहनु भएको छ । प्रहरी उहाँको खोजी गरिरहेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल