८० लाख रुपैयाँ पुरस्कार राशिको सुपर लिग उपाधि कसले जित्ला ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुने भएको हो । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

विजेताले ट्रफिसहित ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत विजेताको पुरस्कार राशी घोषणा गरेको हो । दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ बृद्धि गरिएको छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र उपाधिका लागि खेल्ने बताएका छन् ।

ललितपुर सिटी साविक विजेता हो भने पोखरा थन्डर्स पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । झण्डै एक महिना चलेको लिगमा २४ खेलपछि ललितपुर र पोखरा उपाधि होडमा उभिएका हुन् ।

पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन