उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाटबाट नेपालटार जाँदै गरेको अवस्थामा उदयपुरको रौतामाई गाउँपालिका– ७ संगम चोकमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँचको क्रममा प्र ३ –०२–०१३ प ३३८४ नम्बरको मोटरसाईकलमा सवार उदयपुरगढी गाउँपालिका– ७ का २६ वर्षिय सन्तोष मगरलाई दुई नाल बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
उनले मोटरसाईकलमा लुकाई छिपाई गरि ल्याउदै गरेको एक नाल तयारी लोड अवस्थामा रहेको बन्दुर र अर्को बट र नाल छुट्टाछुट्टै पूर्ण रुपमा तयारी नभएको अवस्थामा रहेको २ नाल भरुवा बन्दुर सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।