चलचित्रमा काम नपाएपछि चौकीदारी गर्थे अभिनेता नवाजुद्दीन

मुम्बई । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आज आफू यो स्थानमा पुग्नुको पछाडि धेरै संघर्षको कथा रहेको बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा यी अभिनेताले कला क्षेत्रमा लाग्ने क्रममा चौकीदारी देखि विभिन्न सानातिना काम समेत गर्नु परेको खुलासा गरेका छन् ।

हिन्दी चलचित्रहरू किक, बजरंगी भाईजान र बदलापुर जस्ता उत्कृष्ट चलचित्रहरूले आफूलाई माथि उठाएको यी अभिनेताको कथन छ । त्यसअघि सम्म पनि उनको जीवन संघर्ष मै थियो । त्यस अघि आफूले साना ब्यानरका केही चलचित्रमा मुख्य भूमिका निभाए पनि ठुलो ब्यानरका चलचित्रमा साना भूमिकामै काम गरेको अनुभव पनि उनले सुनाएका छन् ।

हुन पनि अहिले बलिउड उद्योगका प्रतिभाशाली कलाकारहरू मध्ये एक कलाकारको रूपमा नवाजुद्दीनले परिचय बनाएका छन् । आफ्नै संघर्षले आज बलिउडमा पहिचान बनाएको यी अभिनेताको कथन छ । यो परिचय बनाउन संघर्षको धेरै पापड बेलेको पनि उनले बताएका छन् ।

यी अभिनेताको भनाइमा जब नवाजुद्दीन सिद्दीकी मुम्बई आएका थिए, त्यति बेला उनीसँग केही पनि थिएन । उनले आफ्नो करियरको सुरुवात सरफरोश, फेमिली र आजा नचले जस्ता चलचित्रमा साना भूमिकाबाट गरेका थिए ।

त्यति बेला यस्ता साना भूमिकाबाट आफू पटक्कै खुसी नभएको उनले बताए । यी अभिनेताले धेरै निर्माता निर्देशकसँग शीर्ष भूमिकाको लागि अनुरोध गरेका थिए । तर निर्माताहरूले उनलाई सोचेको जस्तो भूमिका नदिएपछि यी अभिनेता आफ्नो करियरको ’boutमा धेरै चिन्तित बनेका थिए र निराश पनि भए ।

‘सानो तिनो भूमकाले जीवन यापन गर्न गाह्रो भएपछि मैले बाँच्नको लागि सुरक्षा गार्डको रूपमा काम सुरु गरेँ । केही महिना मैले चौकीदारी गरेपछि आर्थिक रूपमा मलाई अलिक सजिलो भयो’, यी अभिनेताले आफ्नो संघर्षको कथा यसरी सुनाए ।

तर पनि चलचित्रमा राम्रो भूमिका पाउन उनको संघर्ष जारी थियो । रातभरि चौकीदारी गरेर उनी दिउँसो चलचित्रमा काम माग्नको लागि निर्माता निर्देशकलाई भेट्न जान्थे । तर पनि भनेको जस्तो काम उनले पाउन सकेनन् ।

त्यसपछि एउटा समय आयो कि उनले चलचित्र उद्योग छोड्ने चाहना बनाए । यो कुरा उनले आमालाई पनि सुनाए । सोही क्रममा उनलाई आमाले भनिन्,‘१२ वर्षमा फोहोरको पनि भाग्य बदलिन्छ । तिम्रो पनि पक्कै भाग्य बदलिनेछ।’

आफ्नी आमाको यो भनाइबाट नवाजुद्दीन सिद्दीकी पनि संघर्षलाई अघि बढाउनु पर्छ भन्ने कुरामा प्रेरित भए । उनले चलचित्रको अफिस पुगेर काम माग्ने कार्यलाई निरन्तर अघि बढाए । त्यसको केही वर्षपछि उनले ग्याङस् अफ वासेपुर २ मा काम गर्ने अवसर पाए । यो चलचित्रमो उनले सोचेको भन्दा निकै राम्रो भूमिका पाए ।

चलचित्र ग्याङस् अफ वासेपुर २ रिलिज भएपछि आफूलाई एकपछि अर्को गर्दै चलचित्रमा काम आएको यी अभिनेताले बताएका छन् । आफ्नी आमाको एउटा भनाईले प्रेरित भएर गरेको संघर्षको कारण आज यो सफलता मिलेको यी अभिनेताले बताएका छन् ।

यी अभिनेताको कथनमा संघर्ष एकपछि अर्को रूपमा जीवनमा आइरहन्छ । अभिनयमा राम्रो प्रभाव भइरहेको बेला उनले केही वर्ष अघि फेरी पारिवारिक समस्या झेल्नु परेको थियो । चलचित्रको व्यस्तताले पत्नीसँग आफ्नो सम्बन्ध बिग्रिएको यी अभिनेताले बताएका छन् । पत्नीसँग सम्बन्ध विच्छेदको कानुनी समस्या झेलिरहेका यी अभिनेता चलचित्रको काममा भने अहिले पनि त्यत्तिकै व्यस्त रहेको बताउँछन् ।

आज नवाजुद्दीन सिद्दीकी विलासी जीवन बिताउँछन् । उनी करोडौँका मालिक बनेका छन् । आज यी अभिनेतासँग लगभग १६० करोड रुपैयाँ बराबरको सम्पत्ति छ। उनको १२.८ करोड रुपैयाँ बंगला छ । यसबाहेक उनको एउटा फ्ल्याट पनि छ । उनीसँग केही महँगा कारहरू पनि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी