चन्द्रनगरमा वैशाख ३१ देखि २ वर्षसम्मका बालबालिकालाई छुट खोप दिइने

सर्लाही । चन्द्रनगर गाउँपालिकामा वैशाख ३१ गतेदेखि नियमित खोपबाट छुट भएको २ वर्षसम्मका बालबालिकालाई छुट खोप दिइने भएको छ ।

आज चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नियमित खोप सुदृढीकरण, पुर्ण खोप सुनिश्चितता र दिगोपना तथा योजना अध्यावधिक कार्यक्रमको नियमित खोप सम्बन्धी समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा भोलीबाट स्वास्थ्यकर्मीलाई नियमित खोपबाट छुट भएका बालबालिकाको तथ्यांक संकलन गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिए ।

भोलीबाट महिला स्वयंसेविका परिचालन, वैशाख १६ गते देखि खोप प्रदान गर्ने स्वास्थ्यकर्मी परिचालन गरि १९ गते सम्म खोप बाट छुट भएको बालबालिकाको तथ्यांक संकलन गर्ने शाखा प्रमुख चौधरीले बताए । छुट खोपहरु जेई, एमआर, टिसिभीलगायत १३ प्रकारको रोगविरुद्ध खोप लगाइने छ ।

खासगरी विपन्न, दलित, ईटाभट्टामा रहेको बालबालिका तथा पछाडि परेको जातमा रहेको बालबालिकालाई लगायत अन्य बालबालिकालाई छुट खोप प्रदान गरिने छ । कार्यक्रममा नियमित खोपमा छुटेका बालबालिकालाई छुटेको खोप मात्रा के कसरी लगाउने विषयमा चर्चा गरिएको स्वास्थ्य शाखाका सहसंयोजक मुकेश महतोले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले खोप कार्यक्रमले ठुलो महत्त्व बोकेको बताए । मानिस अस्वस्थ्य भएमा पुनः गरिबीको चक्रमा फसने हुदा खोपको माध्यमबाट चन्द्रनगरका नागरिकलाई स्वस्थ्य बनाउन स्वास्थ्यकर्मीलाई अध्यक्ष महतोले निर्देशन दिए । खोपबाट बन्चित समुदायको बालबालिकालाई खोजेर भए पनि खोप लगाउन उहाले स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

यसैगरी जिरो होम डिलेवरी पालिका बनाउन, कुपोषण रहीत बालबालिका बनाउन पनि अध्यक्ष महतोले स्वास्थ्यकर्मीलाई लागि पर्न अनुरोध गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश यादवले बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई स्वस्थ्य बनाउन सक्यो भने त्यो एउटा ठुलो विकास हुने बताए । उनले पालिकाका व्यक्तिलाई स्वास्थ बनाउन गाउँपालिकाबाट गर्नुपर्ने हरेक कार्य गरिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी