काठमाडौं । नेपाली कांग्रेसले गत चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कांग्रेसको कुन सहमहामन्त्रीको छोरा हो भन्ने कुरा प्रमाणित गरेर देखाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई चुनौती दिएको छ ।
चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो । प्रतिनिधि सभाको गत शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेनले लुटपाटका क्रममा रक्सीको बोतल चोर्ने कांग्रेसका सहमहामन्त्रीको छोरा पनि भएको र त्यसको प्रमाण आफूहरुसँग भएको दाबी गरेका थिए ।
प्रतिनिधि सभाको आजको बैठककमा कांग्रेसका मुख्य सचेतक श्याम कुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका छोराले सक्सी चोरेको सो प्रमाणित गरेर देखाउन चेतावनी दिएका हुन् । प्रमाणित गर्न नसके लिङदेनको भनाई रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लिङदेनद्वारा लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न पनि माग माग गरेका छन ।