Friday, June 18, 2021
Home बिचार विश्व मानवको भरोसा केन्द्र रेडक्रस

विश्व मानवको भरोसा केन्द्र रेडक्रस

सन्दर्भ : विश्व रेडक्रस दिवस

,

अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा संस्थापक जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ मे ८ का दिन स्विट्जरल्यान्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५१ को जुनमा इटालीको सल्फेरिनो पुगेका बेला इटाली, फ्रान्स र अस्ट्रियाबीच लडाइँमा ४० हजारभन्दा बढी सैनिक घाइते भएका वा मरेका थिए । युद्धको भयानक दृश्य देखेर ड्युनाले घाइतेलाई तत्कालै सहयोग पु¥याए ।

सल्फेरिनोको यस दुःखद दृष्टिबाट प्रभावित भएर उनले सन् १८६२ मा फ्रेन्च भाषामा ‘सल्फेरिनोको सम्झना’ नामक पुस्तक लेखे, जसमा उनले रणभूमिको यथार्थ वर्णन गर्नुका अतिरिक्त युद्धको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकाले घाइतेको उद्धारका लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्था स्थापना हुनुपर्ने र यसका लागि एउटा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने सुझाव दिए । पुस्तकले धेरै मानिसको मनमा राम्रो प्रभाव पा¥यो । उनको विचारसँग सहमत हुने स्विट्जरल्यान्डका डा. मियो डोरजस्ता सहयोगीसँग मिलेर ड्युनाले सन् १८६३ मा घाइतेको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति (International Committee for Relief to The Wounded) स्थापना गरे । सन् १८७५ देखि यही समितिलाई नै रेडक्रसको अन्तर्राष्ट्रिय समिति नामकरण गरियो ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियान रेडक्रसको अन्तर्राष्ट्रिय समिति विश्वभरि छरिएर रहेका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसन्ट सोसाइटीको महासंघको विश्वव्यापी सञ्चालनलाई बुझाउँदा यस सञ्जालको लक्ष्य जुनसुकै समय र ठाउँमा घट्ने मानवीय पीडालाई हटाउनु र कम गर्नु हो । रेडक्रस अन्तर्राष्ट्रिय समिति एउटा निष्पक्ष, तटस्थ र स्वतन्त्र संस्था हो । यसको एक मात्र मानवीय लक्ष्य युद्ध र आन्तरिक हिंसाबाट पीडित व्यक्तिको जीवन तथा प्रतिष्ठाको संरक्षण र सहयोग गर्नु हो । यसले मानवीय कानुन र विश्वव्यापी मानवीय सिद्धान्तको प्रवद्र्धन र सुदृढीकरण गरेर पीडा कम गर्न प्रयत्न पनि गर्दछ । राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू अन्तर्राष्ट्रिय रेडक्रस अभियान महत्वपूर्ण अंग हुन् । रेडक्रसका राष्ट्रिय सोसाइटीहरूको स्थापना सन् १८६३ देखि नै भएको हो । यिनीहरूले आफ्नो देशभित्र मानवीय क्षेत्रमा प्रकोपमा परेकाको उद्धार, स्वास्थ्य र खानेपानीजस्ता सेवामूलक तथा सामाजिक एवं विकासमूलक कार्य गर्दछन् । जेनेभा महासन्धिमा हस्ताक्षर गरेको राष्ट्रमा मात्रै राष्ट्रिय रेडक्रस वा सोसाइटी रेडक्रिसेन्ट स्थापना हुन सक्छ । यसरी हालसम्म १ सय ९२ मुलुकमा राष्ट्रिय सोसाइटी स्थापना भएका छन् । नेपाल रेडक्रस सोसाइटी पनि तिनीहरूमध्येको एक हो ।

आजभन्दा १ सय ९२ वर्षअघि जन्मेका जाँ हेनरी ड्युनाले मानवीय कार्यलाई विश्वव्यापी बनाएकाले उनी सन् १९०१ मा शान्तिका लागि नोबेल पुरस्कारबाट विभूषित भए । युद्धमा मानवीय कार्य तथा समझदारीको विकास र सेवाको कदर स्वस्थ अन्तर्राष्ट्रिय रेडक्रसलाई तीनपटकसम्म नोबेल पुरस्कारले सम्मानित गरियो । यसरी घाइतेहरूको उद्धारका निम्ति अन्तर्राष्ट्रिय समितिको नामबाट स्थापना भएको रेडक्रसले आफूसँगै अन्तर्राष्ट्रिय कानुनको समेत प्रादुर्भाव ग¥यो । युद्धमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा संलग्न पक्षबीच निष्पक्ष र तटस्थ रूपमा अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र संवद्र्धनका लागि आज पनि रेडक्रस विभिन्न स्तरमा विश्वभर क्रियाशील छ । युद्ध कुनै पनि हालतमा एक व्यक्ति र अर्का व्यक्तिसँगको सम्बन्ध होइन, बरु राज्यहरूबीचको सम्बन्ध हो । यस्तो विपत्तिपूर्ण अवस्थामा पीडित व्यक्तिको सुरक्षा प्रदान गर्न र तिनीहरूको हेरविचार गर्न यसले हाम्रा प्राचीन, धार्मिक, सांस्कृतिक, सामाजिक, परम्परागत सभ्यतासँग सम्बन्धित युद्धका सर्वमान्य प्रचलनमा छरिएर रहेका पुराना कानुनलाई जेनेभा महासन्धि संहिताबद्ध गर्दै सुदृढ पारियो । जसको फलस्वरूप यसले आजको समयमा मानवीय विपत्ति, पीडामा सेवा र सहयोग गर्ने रेडक्रसले समग्र मानव समुदायको अवस्था विश्वास र भरोसाको केन्द्रका रूपमा आफूलाई स्थापित गरेको छ । आजको सन्दर्भमा हामी सबैले मिलेर मानवताको संरक्षण गरौं । मानवीय विपत्तिलाई कमभन्दा कम गर्न रेडक्रसको भावनाबाट क्रियाशील बनौं र यस वर्षको (Keep Claping) नारासहित मे ८ लाई स्मरण गरौं ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

जसले हिम्मत हार्न जानेकै छैन

पौरख ललितपुर महालक्ष्मीथान–८ लुभु पुग्दा खेतबारीमै व्यस्त थिए, अमृत विक । कृषिलाई सम्भावना ठान्नेमध्ये एक हुन्, दाङ रक्षाचौरका उनी । कृषि गरेर ऋणमा डुबे तर...

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

ट्रेन्डिङ

बजार, यात्रा र वितरण प्रणालीमा सुशासन खोइ ?

काठमाडौं । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको...

कोरोनाको चपेटामा हलिउड सेलिब्रेटी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभरि फैलने क्रम जारी छ । यतिबेला यो संक्रमणबाट अमेरिका ग्रस्त छ । चीन र इटालीपछि विश्वमै...

माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्धा नचलाउनुकाे कारण माग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि...

जाजरकोटमा पहिरोले बस्ती बगाएपछि ज्यान जोगाउन ओढारमा

जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले कर्णाली प्रदेशको जाजरकोटमा ठुलो जनधनको क्षति भएको छ । लगातार आएको बाढी पहिरोमा परेर १० जनाको ज्यान...

जनकपुरमा एक महिलाले जन्माइन एकैपटक चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले हिजो मंगलबार साँझ...

स्वास्थ्य सामग्री खरिदमा सरकारलाई धोका

काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा केही व्यवसायीले सरकारलाई ढाँटेको पाइएको छ । ओम्नी ग्रुपसँग मेडिकल सामान खरिद सम्झौता गरेको स्वास्थ्य सेवा विभागले टेन्डर...

बाँकेमा थप ७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । बाँकेमा थप ७ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि उनीहरुलाई सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा निर्माण गरिएको कोरोना विशेष...

‘विज्ञापन बोर्ड गठन अत्यावश्यक’

काठमाडौं । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक रहेको बताइको छ । आइतबार बसेको मिडिया एलाईन्स नेपाल, नेपाल केवल...

कोरोना लक्षण देखिएकी गर्भवती महिलाको शव व्यवस्थापन

सप्तरी । होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका...

सार्वजनिक सवारी त चले, यात्रु भएनन्

काठमाडौँ । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका...

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार भेट भएको छ । आजै अपरान्ह् ४ बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं...

कमेडी च्याम्पियनलाई ड्याट्सन गाडी

काठमाडौं । ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियनसिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो गाडी हस्तान्तरण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)