धनगढी । जिल्ला सरकारी वकिलको कार्यालय कैलाली मबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई आइतबार हतकडीसहित फरार भएकी हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो । महिला आइतबार दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो ।
दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)