सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा एक जना वृद्धको घाँटीमा थिचेर हत्या भएको छ । अज्ञात समुहले आक्रमण गरी गम्भीर घाइते बनाएका खाँदबारी–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनापछि अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ ।
अपरिचित समूहको आक्रमणबाट गम्भीर घाइते भएका वृद्ध कुमालको मनकामना सामुदायिक अस्पतालमा पु-याउनु अघिनै मृत्यु भइसकेको थियो । आफ्नै घरमा सुतिरहेका कुमालको गएराति साढे १२ बजे तिर अपरिचित दुईजनाको समूहले घाँटीमा थिचेर गम्भीर घाइते भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको घटना स्थलपुगेका प्रहरी निरीक्षक रामुकमार लामिछानेले बताए ।

बरन्डा कोठामा सुतिरहेका कुमालाई आक्रमण गरेको आवज थाहा पाएपछि घरभित्र सुतिरहेकी श्रीमती सुनामाया कुमाल बाहिर निस्कएकी थिइन् । बाहिर निस्कदा श्रीमानलाई दुई जनाले आक्रमण गरेको देखेपछि उनले छिमेकीलाई खबर गरेपछि छेमेकी घटना स्थल पुगेका थिए ।
घटना स्थलमा वृद्ध घाइते अवस्थामा देखेपछि उनिहरुले घाइतेलाई अस्पताल लगेको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । घटना लगत्तै फरार भएका ब्यक्तिहरुको खोजी भइरहेको जनाएको उनले बताए । वृद्धको हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिएको प्रहरी निरीक्षक लामिछानेले बताए । घटनाको ’boutमा प्रहरीले अहिलेसम्म केही सङ्केत फेला पार्न सकेको छैन । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत सहितको टोली खटिएको थियो ।
फरार अभियुक्तहरुको खोजीका लागि सबैनाका सिल गरिएको प्रहरीले जनाएको छ । मृतक कुमालको घरमा श्रीमती सहित बस्दै थिए । मृतककका दुई छोरा विदेशमा छन् ।