एसइई डान्स च्याम्पियनसिपका उत्कृष्ट २० लाई छात्रवृत्ति

काठमाडौं । शिक्षा र नृत्यलाई जोड्ने योजना अनुरूप छैटौँ संस्करणको ‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ आयोजना हुने भएको छ । विगतमा पाँचौँ संस्करणसम्म यो च्याम्पियनसिप आयोजना गरेर १०० जना विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति अध्ययन गर्ने अवसर यो प्रतियोगिताले दिएको थियो ।

बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनको आयोजनामा यो च्याम्पियनसिप हुँदै आएको छ । काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै प्राज्ञ तथा बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष महेश गोदारले एसइई डान्स च्याम्पियनसिपको फारम खुला गरिएको घोषणा गरेका छन् ।

यो प्रतियोगितामा यस पटक एसइई दिएर बसेका विद्यार्थीले भाग लिन पाउने छन् । जस मध्यबाट फाइनलका लागि उत्कृष्ट २० चयन गरिने छ । यसरी उत्कृष्ट २० भित्र पर्नेले समेतले कक्षा ११ र कक्षा १२ मा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने छन् । अर्थात् उनीहरूले प्रति व्यक्ति करिब दुई लाख रुपैयाँसम्मको पूर्ण छात्रवृत्ति पाउने पनि उनले बताए ।

यस्तै एसइई डान्स च्याम्पियनसिपका विजेताले एक लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ, ट्रफी र विभिन्न उपहार प्राप्त गर्ने पनि उनले जानकारी गराए । यी सबैले ११ र १२ कक्षाको छात्रवृत्ति समेत पाउने पनि उनले बताए । गोदारका अनुसार यो प्रतियोगिताको फाईलन आगामी ७ असारमा नाचघर काठमाडौँमा हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी