पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरमा गएराती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना गम्भिर घाईते भएका छन् । लु १ ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठुलापोखरा जादै गर्दा सर्वाेत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको प्रहरी जनाएको छ ।
दुघटनामा परी रैनादेवी छहरा १ सिद्धेश्वका ३६ बर्षिय दिपेन्द्र बुढा, ३१ ब्र्षिय चेतनारायण वि.क. र २३ बर्षिय जनक रेगामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सुनिल मल्लले बताए । दुघटनामा घाइते भएका उनीहरूलाई मिशन अस्पतालमा पु¥याउदा चिकित्कसले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी जिप चालक २७ बर्षिय रञ्जन रेश्मी र २३ बर्षिय सरोज बुढा हुन् । घाइते दुबै जनाको मिशन अस्पताल तानसेनमा उपचार भईरहेको छ, । जिप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।