बीमाबापतको रकम हस्तान्तरण

गुल्मी । गुल्मी यातायात व्यवसायी प्रा.लि.ले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का पवन मरासिनीलाई पाँच लाख ५० हजार रुपैँया हस्तान्तरण गरिएकोे हो ।

उनका बुवा कृष्णलाल मरासिनीको ५० बर्षको उमेरमा २०८१ फागुन २१ गते अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित मरेङखोलामा आफैले चलाएको दुर्घटनामा परी ज्यान गएको थियो । कृष्णलाल गुल्मी यातायात प्रा.लि.को शेयर सदस्य भएबापत उहाँका छोरालाई राहत रकम प्रदान गरिएको संस्थाका व्यवस्थापक डोल बहादुर कुँवरले जानकारी दिए ।

गुल्मी यातायात प्रा.लि.ले बीमा कम्पनीमा बाहेक संस्थाको तर्फबाट चालक, सह–चालक, शेयर सदस्य, संचालक समिति, कर्मचारी र सवारी धनीको अतिरिक्त बीमा गरेको छ । जसमा संचालक समिति, कर्मचारी, सवारी धनी र शेयर सदस्यले जुनसुकै मृत्युबापत पाँच लाख र घाइते भए उपचारको लागि एक लाख प्राप्त गर्नेछन् भने चालक र सह–चालकले सवारी दुर्घटनामा परि ज्यान गुमाएमा पाँच लाख र घाइते भएमा उपचार खर्चबापत एक लाख प्राप्त गर्ने संस्थाका प्रबन्धक उत्तम बहादुर कुँवरले जानकारी दिए ।

यस कार्यक्रमअन्तरगत संस्थाका संचालक समिति १२ जना, कर्मचारी ३३ जना, सवारी धनी दुई सय ४७ जना, चालक तीन सय पाँच जना र सह–चालक ३९ जनाको बीमा गरिएको छ । लाभाम्बित व्यक्ति यदि दुर्घटनामा परेमा बीमाबापतको पाँच लाख र संस्थाको तर्फबाट पाँच लाख ५० हजार परिवारले प्राप्त गर्ने कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते