यी अभिनेत्रीको सुन्दरतामा कस्मेटिक सर्जरीको देन

मुम्बई । सुरुका दिनमा चलचित्रमा आएका बलिउड अभिनेत्रीहरू सामान्य लाग्थे । एकपछि अर्को चलचित्रमा आउँदा बिस्तारै सुन्दर देखिन थाले । त्यो सुन्दरताको पछाडि यी अभिनेत्रीहरूले ठुलो मेहनत गरेका छन् । उनीहरूले मुहारलाई सुन्दर बनाउन सुरुका दिनमा नियमित ब्युटी वर्क (व्युटिपार्लरमा गएर गरिने फेसियल लगायतको प्रकृया) गरे । तर पनि ब्युटी वर्कले मात्र सुन्दरतामा निखार नआएपछि उनीहरूले मुहारको कस्मेटिक सर्जरी समेत गरे । कस्मेटिक सर्जरीपछि भने उनीहरूको मुहारको सुन्दरता बढ्यो । हुन त पछिल्लो समय बलिउडमा मुहारको कस्मेटिक सर्जरी सामान्य जस्तै भएको छ । यसरी कस्मेटिक सर्जरी गर्दा कतिपय अभिनेत्रीहरूको मुहारको सुन्दरता बिग्रिएको पनि छ । तर कतिपय अभिनेत्रीहरूले आफ्नो दीर्घकालीन सुन्दरताको लागि कस्मेटिकसँगै राइनोप्लास्टी सर्जरीको सहारा लिएका छन् । यसरी कस्को एवम् राइनोप्लास्टी सर्जरीका कारण थप सुन्दर भएका केही लोकप्रिय अभिनेत्रीहरूको यहाँ चर्चा गरिएको छ ।

ऐश्वर्या राय बच्चन
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दरी अभिनेत्रीहरूको सूचीमा समेत पर्छिन । उनको सुन्दरताको प्रायः संसारले नै अहिले पनि त्यत्तिकै प्रशंसा गर्छ । उनी अहिले पनि त्यत्तिकै सुन्दर देखिने गरेकी छिन् । ढल्कँदै गएको उमेरमा पनि उनी त्यत्तिकै सुन्दर देखिनुको रहस्य राइनोप्लास्टी सर्जरी रहेको छ । पूर्व मिस वल्र्ड समेत रहेकी ऐश्वर्याले आफ्नो मुहारलाई दीर्घकालीन रूपमा सुन्दर बनाउन राइनोप्लास्टी तथा कस्मोको सा साना सर्जरीहरू धेरै पटक गरिसकेकी छिन् । यस्तो सर्जरीले उनको मुहारमा अझै पनि चाउरी पना नआएको चिकित्सकहरू बताउँछन् । डा. शोभित गुप्ताका अनुसार अभिनेत्री ऐश्वर्याले मुहारलाई सुन्दर राख्न पटक पटक गरेर कस्मेटिक सर्जरीमा निकै महँगो रकम खर्च गरिसकेकी छिन् ।

प्रियंका चोपडा जोनस
सुन्दरताको हिसाबले ‘ग्लोबल स्टार ग्लो अप’को रूपमा चर्चा कमाएकी अर्की बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस हुन् । उनी पनि विश्वव्यापी आइकन हुन् । आफ्नो सुन्दरता प्रति सधैँ सचेत रहने अभिनेत्री प्रियंका चोपडाले गाला, नाक, निधारलगायतको सुन्दरताको लागि राइनोप्लास्टी सर्जरी गरेको स्विकारेकी छिन् । मुहार सुन्दरताको लागि नियमित रूपमा कस्मेटिक सामग्रीको प्रयोगले छाला बिग्रिएपछि आफुले राइनोप्लास्टी सर्जरीको सहारा लिएको यी अभिनेत्रीले खुलासा गरेकी छिन् । राइनोप्लास्टी सर्जरीले प्रियंकाको सुन्दरता मात्र बढाएको छैन, पर्दा बाहिर समेत आफ्नो आत्म विश्वास त्यत्तिकै बढेको उनले बताएकी छिन् ।

अनुष्का शर्मा
बलिउड अभिनेत्री अनुष्का शर्मा पनि चलचित्रमा आएको केही समयपछिबाट सुन्दर देखिन थालिन् । उनले आफ्नो मुहारलाई सुन्दर रूपमा रूपान्तरण गर्न आँखाको आँखीभौँको डिल देखि, गाला, नाक तथा ओठलाई समेत कस्मेटिक सर्जरीबाट सुन्दर बनाएकी छिन् । आफ्नो ओठको आकारलाई कस्मेटिक सर्जरीबाटै ठुलो बनाएको र आँखी भौँको डिल पनि बढाएको यी अभिनेत्रीले स्वीकार गरेकी छिन् । जसका कारण उनी थप सुन्दर देखिने गरेकी हुन् ।

शिल्पा शेट्टी
अभिनेत्री शिल्पा सेट्टीले आफ्नो शरीरलाई नियमित व्यायाम र सही खानपिनबाट सन्तुलित एवम् सुन्दर बनाउँदै आएकी छिन् । शरीरको तुलनामा मुहारमा समस्या आएपछि यी अभिनेत्रीले पनि आफ्नो मुहारलाई सुन्दर बनाउन राईनोप्लास्टी र कस्मेटिक सर्जरीलाई अपनाएकी छिन् । उनले आफ्नो नाकलाई कस्मेटिक सर्जरीमार्फत सुन्दर बनाएकी हुन भने आँखा मुनीको झोलिएको भागलाई पनि राईनोप्लास्टी सर्जरीमार्फत हटाएर सुन्दर बनाएकी छिन् । यो प्रक्रियाले अभिनेत्री शिल्पाको मुहारको सुन्दरता अझै पनि उस्तै छ । सौन्दर्यकी प्रतीक यी अभिनेत्रीले फिटनेसबाटै आफ्नो शरीरको सुन्दरतालाई पनि कायम राखेकी छिन् ।

राखी सावन्त
बलिउडमा अभिनेत्रीको रूपमा आउँदा राखी सावन्त सामान्य थिइन् । तर उनले पछि आफूलाई ‘बोल्ड’ तथा ‘ग्लामर’ छवि भएको अभिनेत्रीको रूपमा परिचित बनाइन् । उनले पनि आफ्नो सुन्दरतालाई बढाउन कस्मेटिक सर्जरीलाई अपनाएकी छिन् । अभिनेत्री राखीले सिल्कन सर्जरी मार्फत स्तन वृद्धि गरिने भने कस्मेटिक सर्जरी मार्फत ओठ ठुलो बनाइन् । जसका कारण उनी ग्लामर देखिने गरेकी हुन् ।

कंगना रनौत
बलिउडकी अर्की अभिनेत्री कंगना रनौतले पनि आफूलाई अहिलेसम्म पनि त्यत्तिकै सुन्दर बनाउनमा ठुलो मेहनत गरेकी छिन् । आफ्नो निडर मनोवृत्तिका कारण बलिउडमा फरक छवि बनाएकी यी अभिनेत्रीले मुहारलाई सुन्दर बनाईराख्न राईनोप्लास्टी सर्जरीको सहयोग लिएकी छिन् । तर यी अभिनेत्रीले यी कुरालाई भने स्पष्ट रूपमा स्विकारेकी छैनन् । डा. शोभित गुप्ताका अनुसार कंगना अहिले पनि त्यत्तिकै सुन्दर देखिनुमा उनले गरेको राईनोप्लास्टी सर्जरीको कमाल हो । यसरी यी अभिनेत्रीहरूले आफूलाई कस्मेटिक सर्जरीमार्फत सुन्दर बनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज