वीरगन्ज । गाउँघर या शहर बजारमा हुने अनुचित लेनदेन (मिटर व्याज) पीडित नागरिकको ३८ विघा ११ कठ्ठा १५ धुर जग्गा फिर्ता भएको पाइएको छ । पिडक र पीडित दुवै पक्षलाई राखेर मेलमिलाप गराउँदा साहु माजनले हडप्न खोजेको सो जग्गा पीडितको पक्षमा नै फिर्ता भएको पाइएको हो ।
पर्सामा मात्र साढे ३८ विघा जग्गा फिर्ता
लेनदेनको धरातलीय यथार्थ बुझी न्याय सम्पादन गराउँदा पर्सा जिल्लामा मात्र १ हजार ३ सय २४ वटा उजुरी टुँगो लगाउँदै जिम्सी सामान तर्फ उक्त परिणामको जग्गा फिर्ता भएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । अनुचित लेनदेनलाई न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरुलाई नेपाल सरकारले नीतिगत रुपमा नै जिम्मेवारी दिएको छ । सो जिम्मेवारीलाई पछिल्ला दुई वर्ष यता पूरा गर्दै मिटर व्याज पीडितलाई राहत दिंदा पर्सामा मात्र जिन्सी तर्फ नै उक्त परिणामको जग्गा फिर्ता भएको तथ्य भेटिएको छ ।
मिटर व्याज पीडित पर्साका नागरिकहरु मध्येबाट नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा कुल २ हजार २ सय ८३ वटा उजुरी परेका थिए । जसमध्ये अहिलेसम्म १ हजार ३ सय २४ उजुरी किनारा लागेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक लम्सालको भनाई छ । मेलमलापबाट उक्त उजुरी संख्या किनारा लाग्दा सो जग्गा मात्र फिर्ता नभई २७ करोड ४७ लाख ८९ हजार ५७ रुपैया नगद पनि पीडितको फिर्ता भएको उनको भनाइ छ । नीतिगत रुपमा कार्य सम्पादन गर्ने क्रममा १५ जना पुरुष र २ जना महिलालाई भने पक्राउ नै गर्नु परेको पनि पर्सा प्रहरीको तर्क छ ।
मेलमिलापमा आई व्यवहारिक पक्ष कार्यान्वय गर्न नमान्ने अटेरहरु मध्ये २९ वटा त मुद्दा नै दर्ता गरी कानूनतः अगाडी बढ्न परेको उदाहरण पनि पर्सा प्रहरीको छ । मधेशका ८ जिल्ला मध्ये सबैभन्दा बढि मिटर व्याजका उजुरी फछ्र्यौट भएको पर्सामा अझै पनि ९ सय ३० उजुरीको भने छिनोफानो हुन बाँकी रहेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख छ । यो तथ्याँक मध्ये करिब २ सय ३० जति चाही न्यायलयमा जोडिएकोले उता किनारा नलागी प्रहरीले् मात्र निक्र्योल गर्न कठिन हुने प्रहरी नायव उपरिक्षक लम्सालको भनाइ छ ।
मिटर ब्याजको केशमा पैसा दिने सबै गलत चाही नभएको अनुसन्धानले देखाएको छ । पैसा लिने ऋणीहरु पनि केही गलत भेटिएको पनि प्रहरीको अनुसन्धान पछि खुलेको छ । साहु माजन सबै चाही गलत रहेनछन् । तथापि बहुसंख्यक लगानीकर्ता गलत हुँदा उनीहरुसँग ऋण लिने गाउँ घरका गरिब तथा विपन्नको घरजग्गा नै गुमेकोसम्म भेटिएको जिल्ला प्रहरी कार्यालयको तर्क छ ।
जिल्ला प्रशासन र प्रहरीमा परेका २ हजार २ सय ८३ कुल उजुरीको मध्ये फछ्र्यौट भएका उक्त संख्याका उजुरीमा मात्र माग दावी ४२ करोड ८७ लाख २७ हजार ३ सय ८६ रहेको तथ्यले पुष्टि गरेको छ । तर वास्तविकता भने २७ करोड ४७ लाख ८९ हजार ५७ रुपैया नगद समेत फिर्ता भएको पनि भेटिएको छ ।
सर्वसाधारण तथा विपन्नले आफ्नो गर्जो टार्न साहु–माजनसँग लिएको पैसाको व्याजको स्याज र स्याजको पनि मूलधन बनाइँदा त्यस्ता साहु माजनसँग ऋण लिने व्यक्ति मध्ये अत्याधिक मारमा परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ४–५ वर्ष अगाडी २ लाख ऋण लिंदा सर्लाहीका राजकपुर मण्डल पनि पीडकको चुक्लिमा परी ५० लाखको जग्गा गुम्ने खतरामा पुगेको पीडित मण्डलको गुनासो छ । खास गरी मधेशमा यो समस्या बढि देखिएको छ । प्रहरी प्रशासनले समेत लगानीकर्ता व्यक्ति गलत हो भन्ने बुझेर पनि ’emलाई कडाई गर्न चुक्दा पीडित उल्टो पीडामा परेका उदाहरण पनि धेरै भेटिएका छन् ।
नीतिगत कार्य सम्पादन पछि मिटर व्याजको लान्छना खेपेका असल लगानीकर्ताले भने पछिल्लो समय गाउँ घरमा गरीब तथा विपन्नलाई पैसाको गर्जो टार्न छोडेको तथ्य पनि सतहमा आएको छ । यसले गाउँघरका केही गरीब तथा विपन्नलाई व्यवहारिक कठिनाई पनि उत्पन्न हुने गरेको पनि खुलेको छ । तर अनुचित लेनदेन गर्नु कानूनी रुपमा बर्जित नै हो ।