आजवाट चुलाचुलीमा २ दिने साहित्य उत्सव

इलाम । इलामको चुलाचुलीमा आजदेखि साहित्य उत्सव हुँदै छ । चुलाचुली भाषा, साहित्य, कला, संस्कृति, पर्यटन समन्वय समितिको आयोजनामा साहित्य उत्सवको आयोजना भएको हो । पालिकाको वडा नम्बर ५ स्थित भन्ज्याङ एग्रो टुरिजम रिसोर्टमा १८ र १९ सञ्चालन हुने छ ।

चुलाचुली गाउँपालिका भित्र रहेका साहित्यिक सर्जकहरू र राष्ट्रिय कविहरूलाई एउटै मञ्चमा राखेर साहित्यिक सृजनाहरू पस्किने आयोजकको तयारी छ । उत्सवमा साहित्य क्षेत्रमा आइपरेका समस्या, चुनौती र अवसरका ’boutमा छलफल गर्दै चुलाचुलीको साहित्यिकको प्रवद्र्धनका लागी उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

चुलाचुली साहित्य उत्सवबाट चुलाचुली गाउँपालिकाले भौतिक विकास भन्दा संवृद्धि को यात्रामा साहित्यिक विकासले अप्रत्यक्ष तथा दीर्घकालीन विकासको पाइला चाल्ने हुनाले समाज परिवर्तन मा साहित्य विकासको मुख्य भूमिका रहेको र यसे क्षेत्रको विकास तथा पर्वद्धनका लागी चुलाचुली गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको पालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । कार्यक्रममा चुलाचुली गाउँपालिकाका १५ जना भन्दा धेरै कविहरू र राष्ट्रिय साहित्यकारले साहित्यिक रचना पस्कने छन् ।

चुलाचुलीमा विभिन्न जाती संस्कृति कलाहरू एक आपसमा मिलेर रहेको र उक्त स्थान मा आएर प्राकृतिक सौन्दर्यताका साथमा आनन्द महसुस गराउनका साथै चुलाचुली गाउँपालिकालाई चिनाउन विभिन्न कला साहित्य तथा भाषाका माध्यमहरूको प्रयोग गर्दै चुलाचुली साहित्य उत्सव कार्यक्रम आयोजना गरिएको चुलाचुली भाषा साहित्य कला संस्कृति पर्यटन समन्वय समितिका अध्यक्ष बलिभद्र कोइराला बताउँछन् ।

साहित्यिक रचना वाचनका अलावा चुलाचुलीमा नाटक हिजो आज र भोली भन्ने विषयमा बहस, तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका लगायतका विषयमा बहस हुने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी