प्लस टुका लागि ६३ लाखको भवन निर्माण

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा प्लस टु को पढाईका लागि आवश्यक भवन निर्माण कार्य शुरु भएको छ । गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले बुधवार वडा नं. ४ स्थित जनता मावि बेल्ही चपेनाको प्रांगणमा एक कार्यक्रमबीच उक्त भवन निर्माण कार्यको शिलान्यास गरेसँगै ४ कोठे कक्षा भवनको निर्माण कार्य शुरु भएको हो ।

उक्त विद्यालयमा हाल १० कक्षा सम्मको पढाई मात्र हुने गरेको छ । संघीय सरकारको ६३ लाखको रुपैयाँको अनुदास सहयोग तथा गाउँपालिकाको साझेदारीमा शुरु भएको भवन निर्माण कार्यले पूर्णता पाएपछि यहाँका विद्यार्थीलाई प्सल टु पढन अन्यन्त्र जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गाउँपालिकाका अध्यक्ष मण्डलले व्यक्त गरे ।शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले आफु पालिकाको शैक्षिक, सामाजिक, स्वास्थ, कृषि र विकास निर्माणका विभिन्न गतिविधिलाई प्राथमिक्तामा राखेको भन्दै यसले आमुल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

उनले पालिकालाई समृद्धि र विकासको बाटोमा लैजान आफु श्रोत, साधन र क्षमताले भ्याएसम्म प्रयासरत रहेको भन्दै यस्ता कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको समेत बताए । शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर मण्डल, वडा अध्यक्ष अशोक साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डल, समाजसेवी घनश्याम मण्डल, ब्रहमदेव मण्डल, नारायण मण्डल, दुनियालाल मण्डल, रामप्रकाश मण्डलको लगायतले पनि आ आफ्नो विचार व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै