कन्सर्टमा ३ घण्टा ढिला पुग्दा नेहाविरुद्ध उत्रिए दर्शक

मेलवर्न । बलिउडकी गायिका नेहा कक्कड यति बेला विवादमा छिन् । नेहा कक्कडले अस्ट्रेलियाको एउटा कन्सर्टमा आयोजकलाई निर्धारित समयमा नपुगेर धोका दिएपछि उनी विवादमा परेकी हुन् ।

कन्सर्टमा ढिलो आइपुगेकोमा यी गायिकालाई आयोजक पक्षले हप्काउँदै स्पष्टीकरण समेत मागेको छ । कार्यक्रमको घाटाको क्षतिपूर्ति पनि नेहाले दिनुपर्ने माग समेत आयोजकले गरेको छ । तर उनी क्षतिपूर्ति नदिने भन्दै सुटुक्क भारत फर्केकी छिन् ।

त्यहाँका आयोजक पक्षका अनुसार गायिका नेहा कक्कड आफ्नो मेलबर्न कन्सर्टमा प्रस्तुति दिनको लागि ३ घण्टा ढिलो पुगिन् । उनी यती ढिला पुगेपछि कार्यक्रममा आयोजक मात्र हैन, कार्यक्रममा उपस्थित दर्शकहरू समेत आक्रोशित भए । जब नेहा स्टेजमा पुगिन्, दर्शकहरूले उनलाई आफ्नो प्रस्तुति नै नदिई स्टेजबाट बाहिर निस्कनु भन्दै हुटिङ समेत गरे ।

दर्शकको हुटिङका कारण आफ्नो बेइज्जत भए पछि नेहा कक्कड स्टेजमा रुन पछि परिनन् । त्यसपछि उनले स्टेज छाड्न् ि। उनी स्टेजमा रोएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी रोएको भिडियो आएपछि एकथरीले उनको समर्थन जनाएका छन् । अर्का थरीले बेइज्जत भएपछि रोएर नाटक गरेको प्रतिक्रिया दिएका छन् । दर्शकलाई धोका दिएर गोहीको आँशु बगाएको प्रतिक्रिया एकथरी दर्शकको छ ।

अस्ट्रेलियाली कार्यक्रम आयोजकहरू पेस डी र विक्रम सिंह रन्धावाले नेहा कक्कडबाट आफूहरूलाई धेरै नै धोका भएको बताएका छन् । नेहा कार्यक्रममा बोलाएको समय भन्दा ३ घण्टा ढिला पुगेको उनीहरुले बताएका छन् ।

सो कन्सर्ट’bout विक्रम सिंह रन्धावाले भने,‘तीन घण्टा लामो समयदेखि कन्सर्टको लागि दर्शकको भिड तयार थियो । उनीहरू नेहा कक्कडलाई चाँडो बोलाऊ भनेर साँझ ७ बजे देखि हुटिङ गरिरहेका थिए, तर गायिका नेहा राति १० बजे मात्र कार्यक्रम स्थलमा पुगिन्’, यसरी उनी लगभग तीन घण्टा ढिलो आएपछि त्यहाँ दर्शकको आक्रोश अत्यधिक बढेर उनलाई दर्शकले नै स्टेज छाडेर जानु भन्दै हुटिङ गरेको पनि रन्धावाले बताए ।

उनको भनाइमा त्यहाँ उपस्थित दर्शकहरू नेहाप्रति धेरै नै आक्रोशित भएका थिए । विक्रम सिंह रन्धावाले थपे,‘भारतमा जस्तो अस्ट्रेलियामा दर्शकहरूसँग त्यति धेरै फुर्सदको समय हुँदैन। त्यहाँ दर्शकले कार्यक्रममा निश्चित समय निकालेर आउने हुँदा तीन घण्टाको कन्सर्टको लागि उनीहरूले पर्खाइमै तीन घण्टाको समय बिताएपछि आक्रोशित हुनु स्वाभाविकै हो ।’

आयोजक विक्रम सिंह रन्धावाको भनाइमा दर्शकहरूले मेलबर्न कन्सर्टको लागि ३०० अस्ट्रेलियाली डलरको टिकट किनेका थिए । जसको मूल्य भारु करिब १६ हजार हुन्छ । नेहा कक्कड कार्यक्रममा पुग्दा आधा भन्दा बढी दर्शकहरू कार्यक्रम छाडेर हिँडेकाले उनी स्टेज चढ्ने क्रममा ७०० जना दर्शक भएको कुरा यी आयोजकले स्विकारेका छन् । दर्शक थोरै अर्थात् ७०० जना मात्र भयो भनेर सुरुमा नेहाले स्टेज चढेर प्रस्तुति दिन नमानेको पनि आयोजक विक्रमले बताए ।

नेहा कक्कडको सो कार्यक्रमको ’boutमा अर्का आयोजक पेस डिले भने, ‘कन्सर्टको लागि तोकिएको निर्धारित समयमा सबै तयारी पुरा हुनुका साथै दर्शकको राम्रो उपस्थिति थियो । तर आधारभूत आवश्यकताहरू पूरा नभएको र दर्शक कम भएको भन्ने उनको आरोपलाई म पूर्ण रूपमा अस्वीकार गर्छु’, भव्यताका साथ आयोजना गरिएको यो कन्सर्टमा नेहा कक्कड जानी जानी तीन घण्टा ढिला आएका कारण सबै कार्यक्रम बिग्रिएको र आफूहरूलाई ठुलो घाटा भएको पनि यी आयोजकले बताएका छन् । नेहा र उनका भाइले लगाएको सबै आरोप गलत भएको भन्दै आयोजकले त्यसको खण्डन गरेका छन् ।

यसरी सेलिब्रेटी भएर समयको ख्याल नगरी कार्यक्रममा तीन घण्टा ढिला पुग्दा नेहाले प्रस्तुति दिन पाइनन् भने दर्शकहरूले आयोजकसँग टिकटको पैसा फिर्ता मागेका छन् । जसका कारण दर्शकलाई ठुलो घाटा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा