उदयपुर । मदन भण्डारी लोकमार्ग अन्र्तगत कटारी – गाईघाट सडक खण्डमा बिहिवार स्कारपिओ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छन । उदयपुरको कटारी नगरपालिका–६ सोम’boutमा भएको सवारी दुर्घटनामा एक जनाको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
बिहिवार दिउँसो ४ बजेको समयमा चितवनबाट झापा तर्पm जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा झापाको दमक नगरपालिका– ३ का ५५ वर्षिय माधव वस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
दुर्घटनामा गम्भिर घाईते भएका बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल वजगाईले जानकारी दिए । अर्का गम्भिर घाईते झापाको दमक नगरपालिका– १० का ४९ वर्षिय राजेन्द्रप्रसाद भण्डारीको कटारी प्रादेशिक अस्पत्तालमै उपचार भई रहेको उपरीक्षक बजगाईले जानकारी दिए ।
अन्य गम्भिर घाईतेहरुमा दमक नगरपालिका– १ का ४५ वर्षिय ज्ञानेन्द्र गौतम, दमक नगरपालिका–६ का ५४ वर्षिय कमल श्रेष्ठ, दमक नगरपालिका–२ का ३८ वर्षिया नविन खतिवडा र झापा गौरादह नगरपालिका– १ का ५४ वर्षिया भुवन दाहाललाई थप उपचारका लागि न्युरो अस्पत्ताल बिराटनगर पठाईएको छ ।
चालक दमक नगरपालिका– ९ का ३८ वर्षिय देवेन्द्र तामाङ्गको कटारी अस्पत्तालमै उपचार भई रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अनियन्त्रित स्कारपियो सडक छेउको ट्रष्ट बेरियरमा ठक्करखाई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । दुर्घटना हुना साथ प्र.ना.उ. कमल बजगाँईको कमाण्डमा खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उद्वार गरी अस्पताल पु¥याएको जनाएका छन ।