खोटाङमा रास्वपाको सिंगो पालिका समिति माओवादीमा समाहित

नेकपा माओबादी केन्द्र खोटेहाङ गाँउपालिका कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अबसरमा नेकपा एमाले तथा रास्वापाबाट माओवादी केन्द्रमा समाहित नेता तथा कार्यकर्ताहरु ।

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को पालिका समिति नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । विहीबार नेकपा माओबादी केन्द्र खोटेहाङ गाँउपालिका कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अबसरमा रास्वापा पालिका समिति माओवादी केन्द्रमा समाहित गरिएको हो ।

नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक दिपक पाण्डे आकाशका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी खोटेहाङ गाउँ पार्टी सभापति प्रदिप आचार्यको नेतृत्वमा पालिका समिती माओवादी केन्द्रमा समाहित भएको हो । केन्द्रीय नेताहरुको कार्यशैली तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरुले माओबादी पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा रास्वापा सभापति प्रदिप आचार्य, नेकपा एमाले खोटेहाङ गाउँ पार्टी सचिवालय सदस्य तथा एमालेबाट निर्वाचित वडा सदस्यसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमाले पार्टीबाट देशको समृद्धि संभव नभएको भन्दै एमाले खोटेहाङ गाउँ पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल र वडानम्बर–४ बडकादियालेका निर्बाचित वडा सदस्य किरण राईलगायत एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । समायोजन भएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारीका साथ पार्टीमा सकृय गराइने संयोजक पाण्डेको भनाई छ ।

माओबादी केन्द्रमा समाहित नवप्रवेशी नेता तथा कार्यकताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् खोटाङ पार्टी इन्चार्ज समिता कार्की “अस्मिता”, जिल्ला संयोजक दिपक पाण्डे “आकाश”, खोटेहाङ पार्टी इन्चार्ज उदिमवहादुर राई “मुक्ति”, दिप्रुङ चुइचुम्मा गाँउ पार्टी अध्यक्ष किशान राई र खोटेहाङ पार्टी अध्यक्ष दिपेन राईलगायतले पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रमा समायोजन भएका नेताहरूमा प्रदिप आचार्य, प्रकाश कटुवाल, रमेश सुवेदी, किरण राई, राजन गेलाल, नारायण नेपाली, डम्बरवहादुर कार्की, होमवहादुर कार्की, मिलन कार्की, रमेश खत्री, टीकाराम वस्नेत, भुवन कार्की, नवराज नेपाली, उमेश नेपाली, पूर्णवहादुर नेपाली, रेवती विष्ट, केशव राउत, अनुप कार्की, रविन विष्ट, प्रशान्त राई, राम राई, गौतम विश्वकर्मा, मिलन बुढाथोकी, रामकुमार परियार, मस्त वहादुर वि.क., राजकुमार श्रेष्ठ, गोपाल नेपाली, कुसुम वि.क., पर्शुराम राई र युवराज न्यौपाने रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'